नयाँ संविधानको एक महिने प्रचार अभियान सोमबार बाट

नयाँ संविधानको एक महिने प्रचार अभियान सोमबार बाट
काठमाडौँ, मङ्सिर २० गते। सरकारले नेपालको संविधानका विषयमा जनतालाई सुसूचित गर्न तथा संविधानबारे उठाइएका अनेकौँ अनावश्यक टीकाटिप्पणीलाई चिर्न सोमबारदेखि मुलुकभर राष्ट्रिय अभियान सञ्चालन गर्न लागेको छ । ‘नेपालको संविधान–जनताको संविधान’, ‘जनताको संविधानः जनताकै माझमा’ नारा दिइएको उक्त राष्ट्रिय अभियान ७५ वटै जिल्ला सदरमुकाम, २१७ नगरपालिका र तीन हजार १५७ गाविसका केन्द्रमा...

थारु युवाले नेतृत्वकर्तालाई भने ‘थारु एकता कायम गर’

थारु युवाले नेतृत्वकर्तालाई भने ‘थारु एकता कायम गर’
चखौरा दाङ, मंसिर १९ गते । दाङ्को चखौरामा शुक्रबारदेखि जारी थारु राष्ट्रिय युवा भेलामा थारु युवाहरुले थारुको एकताको आवाज उठाएका छन् । आइतबार समापन हुने भेलाको दोस्रो दिन शनिबार धारणा राख्ने अधिकांश युवाहरुले आन्दोलनलाई एकतावद्ध बनाएर अघि बढाउन नेतृत्वलाई सुझाव दिएका छन् । उपत्यकासहित चित्तवन पश्चिमबाट करिब एकसयको हाराहारीमा युवाहरुको भेलामा...

राजनीतिक समिति मार्फत् सिमाङ्कन टुंगो लगाउने एमालेको निर्णय

राजनीतिक समिति मार्फत् सिमाङ्कन टुंगो लगाउने एमालेको निर्णय
              काठमाडौं, मंसिर १८ गते । नेकपा (एमाले) ले आन्दोलनरत मधेसी मोर्चाले उठाएको सिमाङ्कनको समस्या समाधानका लागि सर्वदलीय राजनीति समिति निर्माण गरी अगाडि बढ्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा शुक्रबार दिउँसो बसेको बैठकमा त्यस्तो निर्णय गर्दै एमालेले यसअघिको नेपाली कांग्रेस नेतृत्वको सरकारले दर्तागरेको संशोधन विधेयक...

पुनःस्थापनाको मागगर्दै काठमाडौं केन्द्रीत दवाव कार्यक्रम शुरु गरे मुक्तकमैया अगुवाले

पुनःस्थापनाको मागगर्दै काठमाडौं केन्द्रीत दवाव कार्यक्रम शुरु गरे मुक्तकमैया अगुवाले
काठमाण्डौं, मंसिर १८ गते । पुनस्र्थापनामा ढिलाई भएको भन्दै मुक्त हलिया, मुक्त कमैया र मुक्त कमलरीको पुनस्र्थापनाका लागि सरोकारवाला पक्षले सरकारलाई सामुहिक दवाव दिने अभियान शुरु गरेका छन् । जिल्लामा बसेर दवाव दिंदा पुनस्र्थापनाको काम प्रभावकारी हुन नसकेको भन्दै सो क्षेत्रमा कार्यरत अगुवाहरुले काठमाडौं केन्द्रित दवाव अभियान शुरुगरेको बताएका छन् ।...

मोर्चासँग निर्णायक वार्ता गर्ने प्रमुख तीन दलको साझा अवधारणा

मोर्चासँग निर्णायक वार्ता गर्ने प्रमुख तीन दलको साझा अवधारणा
काठमाडौं, १७ गते । प्रमुख तीन दलका नेताहरुले मधेसी मोर्चासँग छलफल गर्ने साझा एजेण्डामा सहमति गरेका छन् । तर मोर्चासँगको वार्ताबाट मात्र त्यो सहमतिको औचित्य पुष्टिहुने भनाई नेताहरुको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहिबार विहान भएको प्रमुख तीन दलको बैठकमा त्यस्तो सहमति भएको नेताहरुको दावी छ । मुलुकको विद्यमान समस्या...

दाङमा हुने थारु राष्ट्रिय युवा भेला शुरु नहुँदै विवादमा

दाङमा हुने थारु राष्ट्रिय युवा भेला शुरु नहुँदै विवादमा
लक्की चौधरी काठमाडौं, मंसिर १६ गते । मंसिर १८ देखि २० गतेसम्म दाङ्मा हुन गइरहेको राष्ट्रिय थारु युवा भेला शुरु नहुँदै विवादमा तानिएको छ । थारु एराउण्ड द वल्ड नामक संस्थाको मुख्य आयोजनामा हुन गइरहेको सो भेलामा थारु बसोबास रहेको तराईका जिल्लाबाट थारु युवाहरुको सहभागीता रहने बताइएकोछ । हरेक जिल्लाबाट ५ जनाका...

नेपाली सञ्चारमा समयसुहाउँदो समावेशीता आवश्यकः सञ्चारमन्त्री राई

नेपाली सञ्चारमा समयसुहाउँदो समावेशीता आवश्यकः सञ्चारमन्त्री राई
काठमाडौं, मंसिर १५ गते । सूचना तथा सञ्चार प्रविधिमन्त्री शेरधन राईले विद्यमान सञ्चारनीतिलाई पुनरावलोकन गरेर संघीय संरचनाअनुसारको समावेशी सञ्चार संरचना बनाई अगाडि बढ्ने बताउनुभएको छ । आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) द्वारा मंगलबार यहाँ आयोजित समावेशी सञ्चार नीति विषयक कार्यशाला गोष्ठीमा बोल्नुहुँदै मन्त्री राईले त्यस्तो बताउनुभयो । त्यसकालागि चाँडै सञ्चारनीति पुनरावलोकन...

मधेसी मोर्चा र प्रतिपक्षीदलसँग सत्तारुढदलको पहिलो सुंयक्त बैठक

मधेसी मोर्चा र प्रतिपक्षीदलसँग सत्तारुढदलको पहिलो सुंयक्त बैठक
लक्की चौधरी काठमाडौं, मंसिर १४ गते । विद्यमान संकट अन्त्य गर्नेगरी लामो समयपछि बसेको प्रमुख तीनदल र आन्दोलनरत मधेसी मोर्चासम्बद्ध नेताहरुको छलफल सकारात्मक दिशामा अघि बढेको छ । आगामी बुधबार वार्तालाई सम्भवतः निर्णायक बनाउने नेताहरुको तयारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, सक्षरुढ दल र मधेसी...

धुमधामसँग मनाएर सामाःचकेवा पर्व सेलाए थारु समुदायले

धुमधामसँग मनाएर सामाःचकेवा पर्व सेलाए थारु समुदायले
काठमाडौं, मंसिर १२ गते । थारु समुदायमा धुमधामकासाथ साताभरी मनाइने सामाःचकेवा पर्वको शनिबार खोला, नदीमा गएर सेलाइको   छ । माटाका कलात्मक मूर्ति बनाएर पूजापाठ गरी मनाइने सो पर्व चित्तवनदेखि पूर्वका थारु समुदायले मनाउने गर्छन् । उपत्यकासहित तराईका जिल्लामा मनाइएको सामाःचकेवा देशभर एकसाथ सेलाइएको छ । उपत्यकामा बसोबास गर्ने थारुले पनि...

सभामुख ओनसरी घर्ती र कांग्रेस सांसदबीच बैठकमा जोहारी

सभामुख ओनसरी घर्ती र कांग्रेस सांसदबीच बैठकमा जोहारी
काठमाडौं, मंसिर १० गते । व्यवस्थापिका संसदका सभामुख ओनसरी घर्ती र प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसबीचको प्रक्रिया र पद्धतिको गोलचक्करले विहिबारको संसद बैठक अवरुद्ध भयो । संसद बैठकमा कसले पहिले बोल्ने विवाद शुरुभएपछि बैठक अवरुद्ध भएको हो । विहान ११ बजेका लागि बोलाइएको संसद बैठक एकघण्टा अवेरगरी दिउँसो १२ः५ बजे शुरुभए पनि...