आदिबासी र मधेसी समुदायले साझा लडाई लड्नुपर्छः यादव

आदिबासी र मधेसी समुदायले साझा लडाई लड्नुपर्छः यादव
गीता चौधरी काठमाडौं, फागुन २ गते । सङ्घीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले आदिवासी जनजातिलाई मधेशी समुदायसँग मिलेर सरकार र प्रमुख दलका नेताहरुको ज्यादतिका विरुद्धको लडाइँमा सँगै मैदानमा उत्रिन आह्वान गर्नुभएको छ । मधेशी, आदिवासी जनजाति, थारु, दलित, महिला, मुश्लिम, सीमान्कृत र वर्षौदेखि उत्पीडनमा परेका समुदायलाई पहिचान र अधिकार नदिने सरकारको...

तराईमा दुई प्रदेश हाम्रो बटमलाईनः अध्यक्ष महतो

तराईमा दुई प्रदेश हाम्रो बटमलाईनः अध्यक्ष महतो
काठमाडौ, फागुन १ गते । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेस आन्दोलनको माग सम्बोधन नभए आउने वैशाखदेखि घनघोर आन्दोलन शुरुगर्ने चेतावनी दिनुभएको छ । शनिवार आयोजना गरेको एक साक्षात्कारमा महतोले त्यस्तो बताउँदै तराईमा दुई प्रदेश मोर्चाको बटमलाईन भएको प्रष्ट पार्नुभयो । महतोले जे विषय अहिले समाधान गर्न सकिन्छ त्यो अहिले नै...

पार्टीका नेता निष्काशन गरेर उपेन्द्र उडे हङकङ तिर

पार्टीका नेता निष्काशन गरेर उपेन्द्र उडे हङकङ तिर
काठमाडौं, फागुन १ गते । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय सदस्य रिजवान अन्सारी र राजकुमार यादवलाई पार्टीबाट निस्काशन गरेर शनिबार हङ्कङ उडेका छन् । पदीय गरिमा, अनुशासन उल्लंघन गरेको, भन्दै यादवले अन्सारी र यादवलाई निस्काशन गरेको बताएका छन् । पार्टी हित र नीति विरुद्ध सञ्चारमाध्यममा पार्टी विरोधी अभिव्यक्ति...

प्रधानमन्त्रीको भारत भ्रमण अघि राजनीतिक संयन्त्र गठन हुने

प्रधानमन्त्रीको भारत भ्रमण अघि राजनीतिक संयन्त्र गठन हुने
काठमाडौं, माघ २९ गते । सीमाङ्कन र प्रदेश संख्याबारे टुङ्गो लगाउन प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमण अगावै राजनीतिक संयन्त्र गठन गर्ने प्रमुख तीनदल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच सैद्धान्तिक सहमति बनेको छ । प्रधानमन्त्री ओलीको विशेष पहलमा शुक्रबार विहान बालुवाटारमा भएको प्रमुख तीनदलका नेतासहित बसेको कार्यदलको बैठकमा त्यस्तो सहमति...

मेरै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्छः ओली

मेरै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्छः ओली
काठमाडौं, माघ २८ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वाभिमान, भौगोििलक अखण्डता, सार्वभौमिकता, नेपालको हित र स्वतन्त्रताका विषयमा कसैसँग सम्झौता नगरिने बताउनुभएको छ । एमालेको भातृसंगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २२ औं महाधिवेशनको विहिबार यहाँ उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले त्यस्तो बताउनुभयो । आफ्नो आगामी भारत भ्रमणतिर...

थर राख्ने स्वतन्त्रता सहितको नयाँ ऐन बन्ने तयारीमा

थर राख्ने स्वतन्त्रता सहितको नयाँ ऐन बन्ने तयारीमा
काठमाडौं, माघ २८ गते । नामको पछाडिको थर के राख्ने भन्ने चिन्ताले तपाईलाई सताएको त छैन ? यदि त्यस्तो हो भने अब कुनै चिन्ता गर्नु पर्दैन । देवानी कानूनको संशोधन र एकीकरण गर्न बनेको विधेयकले थर राख्ने सम्बन्धी प्रशस्त बाटोहरु खुला गरिदिएको छ । व्यवस्थापिका संसदको विधायन समितिमा छलफल जारी रहेको...

अनेरास्ववियुको २२ औं महाधिवेशनको सबै तयारी पूरा

अनेरास्ववियुको २२ औं महाधिवेशनको सबै तयारी पूरा
काठमाडौं, माघ २७ गते । नेकपा (एमाले) को प्रभावशाली भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २२ औं महाधिवेशन विहिबारदेखि काठमाडौंमा शुरु हुँदैछ । देशभरबाट करिब १६ सय महाधिवेशन प्रतिनिधिहरु काठमाडौं आउनेक्रम जारी रहेको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम तय...

कांग्रेस सभापति कोइरालाको सोमबार राती असमायिक निधन

कांग्रेस सभापति कोइरालाको सोमबार राती असमायिक निधन
काठमाडौं, माघ २६ गते । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको ७६ वर्षको उमेरमा सोमबार राती १२ः५० बजे निधन भएको छ । सभापति कोइरालाको महाराजगन्जस्थित निवासमै निमोनियाका कारण निधन भएको कांग्रेसले बताएको छ । संविधानसभाबाट नेपालको संविधान जारी गर्न सफल कोइराला लामो समयदेखि जिब्रो र छातीको क्यान्सरबाट पीडित हुनुहुन्थ्यो...

मधेसी मोर्चाको नाकाबन्दी र आमहडताल स्थगित

मधेसी मोर्चाको नाकाबन्दी र आमहडताल स्थगित
काठमाडौं, माघ २५ गते । संयुक्त मधेसी मोर्चाले भारतीय सीमामा जारी नाकाबन्दी कार्यक्रम तथा आम हडताल, सरकारी कार्यालयमा गरिएको अवरोध तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको छ । मोर्चा सम्बद्ध प्रमुख चार दलको शीर्ष नेताहरुसहित सोमबार बसेको बैठकले त्यस्तो निर्णय गर्दै अन्य आन्दोलनहरु यथावतै राख्ने बताएको  छ । मसाल जुलुश, लाठी...

लहानको थारु भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

लहानको थारु भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न
काठमाडौं, माघ २५ गते । थारु कल्याणकारिणीसभाको आयोजनामा माघ २३ देखि २५ गतेसम्म सिराहाको लहानमा आयोजित तीनदिने प्रशिक्षण तथा थारुभेला कार्यक्रम सोमबार सकिएको छ । भेलाले काठमाडौं केन्द्रीत संघर्षको कार्यक्रम सार्वजनिक गर्ने प्रस्ताव पनि पारित गरेको छ । भेलाबारे आयोजकले मंगलबार लहानमै पत्रकार सम्मेलन गरी लहान घोषणापत्र जारीगर्ने प्रशिक्षण विभागका प्रमुख...