ब्यानर समाचार
अनेरास्ववियुको २२ औं महाधिवेशनको सबै तयारी पूरा
काठमाडौं, माघ २७ गते । नेकपा (एमाले) को प्रभावशाली भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २२ औं महाधिवेशन विहिबारदेखि काठमाडौंमा शुरु हुँदैछ । देशभरबाट करिब १६ सय महाधिवेशन प्रतिनिधिहरु काठमाडौं आउनेक्रम जारी रहेको छ ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम तय...
कांग्रेस सभापति कोइरालाको सोमबार राती असमायिक निधन
काठमाडौं, माघ २६ गते । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको ७६ वर्षको उमेरमा सोमबार राती १२ः५० बजे निधन भएको छ ।
सभापति कोइरालाको महाराजगन्जस्थित निवासमै निमोनियाका कारण निधन भएको कांग्रेसले बताएको छ । संविधानसभाबाट नेपालको संविधान जारी गर्न सफल कोइराला लामो समयदेखि जिब्रो र छातीको क्यान्सरबाट पीडित हुनुहुन्थ्यो...
मधेसी मोर्चाको नाकाबन्दी र आमहडताल स्थगित
काठमाडौं, माघ २५ गते । संयुक्त मधेसी मोर्चाले भारतीय सीमामा जारी नाकाबन्दी कार्यक्रम तथा आम हडताल, सरकारी कार्यालयमा गरिएको अवरोध तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको छ ।
मोर्चा सम्बद्ध प्रमुख चार दलको शीर्ष नेताहरुसहित सोमबार बसेको बैठकले त्यस्तो निर्णय गर्दै अन्य आन्दोलनहरु यथावतै राख्ने बताएको छ । मसाल जुलुश, लाठी...
लहानको थारु भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न
काठमाडौं, माघ २५ गते । थारु कल्याणकारिणीसभाको आयोजनामा माघ २३ देखि २५ गतेसम्म सिराहाको लहानमा आयोजित तीनदिने प्रशिक्षण तथा थारुभेला कार्यक्रम सोमबार सकिएको छ । भेलाले काठमाडौं केन्द्रीत संघर्षको कार्यक्रम सार्वजनिक गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
भेलाबारे आयोजकले मंगलबार लहानमै पत्रकार सम्मेलन गरी लहान घोषणापत्र जारीगर्ने प्रशिक्षण विभागका प्रमुख...
एक वर्षमा एक किलोमिटर मात्र सडक कालोपत्रे ?
धनगढी, माघ २५ गते । सुदूरपश्चिमको समग्र विकासमा महत्व राख्ने निर्माणाधीन सेती लोकमार्ग सडक सात वर्षको अवधिमा सात किलोमिटर मात्रै कालोपत्रे गरिएको छ । कैलालीको टीकापुरबाट निर्माण थालिएको यो सडक यस अवधिमा बझाङ्को चैनपुरसम्म गरी कुल ४५ किलोमिटर लामो भागमा ‘ट्र्याक‘ खोल्ने काम पूरा भएको छ ।
रेखाङ्कन गरिएको कैलालीको टीकापुरबाट...
अधिकारका लागि थारुलाई सामुहिक संघर्ष गर्न सुझाव
काठमाडौं, माघ २५ गते । सिराहाको लहानमा भएको तीन दिने प्रशिक्षण कार्यक्रममा प्रशिक्षकहरुले थारु, मधेसी र आदिबासी जनजातिले अधिकार प्राप्तीकालागि सामुहिक संघर्ष गर्न आवश्यक रहेको बताउनुभएको छ ।
थारु कल्याणकारिणीसभा केन्द्रीय प्रशिक्षण विभागद्वारा आयोजित कार्यक्रममा प्रशिक्षकहरुले उक्त कुरा बताउँदै थारु, मधेसी, जनजाति र मुश्लिम समुदायलाई सक्रिय हुन आग्रह गर्नुभएको हो ।...
माघ २७ गते काठमाडौंमा अनेरास्ववियूको बाइसौं महाधिवेशन
काठमाडौं, माघ २४ गते । नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २७ गते हुने २२ औं महाधिवेशनमा उम्मेदवारभन्दा दुई पक्षका नेताबीचको मुख्य टक्कर हुने देखिएको छ ।
संस्थापन पक्ष पार्टी अध्यक्ष केपी शर्मा ओलीपक्षबाट नविना लामा अध्यक्षको उम्मेदवारी दिने तयारीमा हुनुहुन्छ भने नेता माधवकुमार नेपालपक्षबाट दीपक...
नाकाबन्दी खुले लगत्तै किन शुरुभयो थरुहटमा विरोधसभा ?
काठमाडौं, माघ २३ गते । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको नाकाबन्दी शनिबारबाट खुकुलो भए लगत्तै तराईका आदिबासी थारु समुदायको ठाउँ–ठाउँमा भेला र प्रशिक्षण कार्यक्रम शुरुभएको छ ।
शनिबारबाट सिराहाको लहानमा सातसय बढी प्रतिनिधि जम्मा गरेर थारु कल्याणकारिणीसभा केन्द्रीय प्रशिक्षण विभागले प्रशिक्षणको कार्यक्रम शुरुगरेको छ । प्रशिक्षण कार्यक्रम सोमबारसम्म चल्ने प्रशिक्षण विभागका प्रमुख...
प्रधानमन्त्री पद छाड्दा पत्रकारलाई प्रश्न गर्ने ठाउँ दिन्नः प्रम ओली
लक्की चौधरी
काठमाडौं, माघ २२ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा कसैले नगरेको काम गरेर देखाउने प्रतिवद्धता दोहो¥याउनुभएको छ । आफू प्रधानमन्त्रीको फोटो झुण्ड्याउनलाई प्रधानमन्त्री नभएको उहाँको भनाई छ ।
प्रेस चौतारी नेपालको १९ औं स्थापना दिवसको अवसरमा शुक्रबार यहाँ बोल्दै प्रधानमन्त्री ओलीले त्यस्तो बताउनुभयो । “म प्रधानमन्त्रीको जिम्मेवारीमा रहँदासम्म...













