शैक्षिक आन्दोलनलाई अगाडि बढाउँछुः नवनिर्वाचित अध्यक्ष लामा
काठमाडौं, फागुन १० गते । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) की नवनिर्वाचित अध्यक्ष नविना लामाले विद्यार्थी आन्दोलनको गौरवमय इतिहासलाई कायम राख्दै अब शैक्षिक क्षेत्र सुधारका लागि आन्दोलन गर्ने बताउनुभएको छ ।
अनेरास्ववियुको २२औं राष्ट्रिय अधिवेशनबाट अध्यक्षमा विजयी लामाले विद्यार्थी आन्दोलनको एजेन्डा सिंगो मुलुकको समृद्धि र निर्माणका लागि हुनुपर्छ भन्नुभयो...














