इन्धन र ग्यासको आपूर्ति सहज बनाउन मोर्चाको माग

इन्धन र ग्यासको आपूर्ति सहज बनाउन मोर्चाको माग
काठमाडौं, फागुन १५ गते । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले नाका अबरोध पूर्णरुपमा हटिसक्दासमेत इन्धन र ग्यासको वितरण प्रणाली सहज नहुनु दुःखद् भएको बताउँदै मोर्चाले सहज आपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । शनिबार काठमाडौंमा बसेको मोर्चा सचिवलयको बैठकले त्यस्तो निर्णय गर्दै सरकार आफै भ्रष्टाचार र कालोबजारीमा लिप्त रहेको आरोप लगाएको...

नेताको जालझेल सहन नसकेर पार्टी त्यागेंः सांसद चौधरी

नेताको जालझेल सहन नसकेर पार्टी त्यागेंः सांसद चौधरी
काठमाडौं, फागुन १५ गते । नेपाली कांग्रेसका सांसद तथा पर्सा जिल्ला सभापति सुरेन्द्रप्रसाद चौधरीले पार्टीभित्र आफूलाई अपहेलित गरेकैकारण सहन नसकेर पार्टी परित्याग गरेको बताउनुभएको छ । हमार पहुरा डटकम सँग शनिबार कुरागर्दै सांसद चौधरीले पार्टीका नेताहरुको एकाधिकार, स्वेच्छाचारिता, हेप्ने प्रबृत्तिकैकारण आफूले सहन नसकेर निस्कएको दावी गर्नुभयो । “मेरो आफ्नै अस्तित्व र...

प्रेमिका भेटन गएका पुण्यदेव यादवको बारामा हत्या भएको दावी

प्रेमिका भेटन गएका पुण्यदेव यादवको बारामा हत्या भएको दावी
बारा, फागुन १५ गते । आफ्नो प्रेमिका भेट्न आएका रौतहटका एक युवकको बारामा हत्या भएको छ । रौतहटको सन्तपुर दोतिस्या गाविस ७ का २६ वर्षीय पुण्यदेवप्रसाद यादवले बारामा रहेकी प्रेमिका भेट्ना जाँदा हत्या भएको उहाँको परिवारले दावी गरेको छ । बाराको भोडहा गाविस ८ धोदामा बस्नुभएकी आफ्नी प्रेमीकालाई भेट्न गएका उहाँको...

थरुहटको दवावपछि इन्सेकले भन्यो, ‘सामग्री सच्याउँर्छौ’

थरुहटको दवावपछि इन्सेकले भन्यो, ‘सामग्री सच्याउँर्छौ’
काठमाडौं, फागुन १४ गते । थरुहट थारुवान संयुक्त संघर्ष समिति कैलालीको मागअनुसार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले वर्ष पुस्तक २०१६ मा आएको टीकापुर घटना विवरणमा कमजोरी भएको भन्दै सच्याउने प्रतिवद्धता जनाएपछि दुवैपक्षबीच सहमति बनेको छ । इन्सेकको वर्षपुस्तकमा थरुहट आन्दोलनको आक्रमणबाट दुइवर्षे बालक टेकबहादुर साउँदको मृत्यु भएको खवरलाई फोटोसहित पुस्तकमा...

उसुको रजत विजेता चौधरीलाई नगदसहित सम्मान

उसुको रजत विजेता चौधरीलाई नगदसहित सम्मान
धनगढी, फागुन १३ गते । हालै सम्पन्न बाह्रौं सागमा ५६ किलो उसुको सान्सौंतर्फ रजतपदक विजेता राजेश चौधरीलाई सुदूरपश्चिमाञ्चल एकेडेमीले नगदसहित सम्मान गरेको छ । एकेडेमीको विहिबार आयोजित अभिभावक दिवसको अवसरमा रजत विजेता चौधरीलाई पाँच हजार रुपैयाँ नगदसहित प्रसंशापत्रले सम्मान गरिएको हो । चौधरी सो एकेडेमीको कक्षा १२ मा अध्ययनरत् हुनुहुन्छ ।...

इन्सेकको वर्षपुस्तक २०१६ प्रति थारु समुदायको कडा आपत्ति

इन्सेकको वर्षपुस्तक २०१६ प्रति थारु समुदायको कडा आपत्ति
काठमाडौं, फागुन १३ गते । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा प्रकाशित मानवाधिकार वर्ष पुस्तक २०१६ मा टीकापुर घटनाका विषयबारे प्रकाशित समाग्रीबारे थारु युवा स्वयमसेवकले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । स्वयमसेवकले लेखिएको तथ्यहिन पुस्तकलाई पन्ध्र दिनभित्र सच्याउन इन्सेकसँग माग गरेको छ । नसच्याइए सो संस्थाद्वारा सञ्चालन गरिने कार्यक्रम वहिष्कार...

कार्यबाहक प्रधानमन्त्री गच्छदारले छ दिनमा के के गर्नुभयो ?

कार्यबाहक प्रधानमन्त्री गच्छदारले छ दिनमा के के गर्नुभयो ?
काठमाडौं, फागुन १२ गते । प्रधानमन्त्री केपी शर्मा ओली छ दिने भारतको भ्रमणमा जानुभएपछि कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी पाउनुभएका उपप्रधानमन्त्री विजयकुमार गच्छदारले तीन दिन उपत्यका बाहिर र तीन दिन उपत्यकामा रहेर काम गर्नुभयो । कार्यबाहक जिम्मेवारीमा रहँदा शुरुको तीनदिन फागुन ७ देखि ९ गते सम्म उहाँले नियमित गर्ने मन्त्रालयको काम, बैठक, अनुगमनमा...

अस्रुग्यास गनसहित पक्राउ परेका थारुबारे अनुसन्धान जारी

अस्रुग्यास गनसहित पक्राउ परेका थारुबारे अनुसन्धान जारी
धनगढी, फागुन १२ गते । टीकापुर घटना भएको छ महिना पछि कैलाली प्रहरीले घटनामा लुटिएको प्रहरी हतियारसहित एकजना ३९ वर्षिय कुकरा थारु चौधरीलाई मंगलबार पक्राउ गरेको जनाएको छ । कैलालीको जोशीपुरबाट प्रहरीले थारुलाई पक्राउ गरी सार्वजनिक गरेको हो । तर घटना सुनियोजित हुनसक्ने आशंका थारु नेताहरुले गरेका छन् । सुदूरपश्चिमको क्षेत्रीय...

कहाँ छ थारु समुदायको आन्दोलन, कहाँ हराए नेतृत्वकर्ता ?

कहाँ छ थारु समुदायको आन्दोलन, कहाँ हराए नेतृत्वकर्ता ?
आन्दोलन विश्लेषण काठमाडौं, फागुन ११ गते । नयाँ संविधानमा थारुको माग सम्बोधन गर्नेगरी शुरुभएको थारु आन्दोलनलाई अहिले दिउँसै बत्ती बालेर खोज्नुपर्ने अवस्था छ । टीकापुर घट्नाले एकाएक शक्तिशाली देखिएको थारु आन्दोलन र थारु एकता पानीको फोकासरी फुट्दै गयो । आन्दोलनका नेतृत्वकर्ता तितिरबितर भए । आन्दोलन मृततुल्य भएको छ । थारु आन्दोलन उठ्नुको...

विज्ञहरु भन्नुहुन्छ, ‘प्रधानमन्त्रीको भ्रमण उपलब्धीमूलक देखियो’

विज्ञहरु भन्नुहुन्छ, ‘प्रधानमन्त्रीको भ्रमण उपलब्धीमूलक देखियो’
काठमाडौं, फागुन १० गते । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणलाई उपलब्धीपूर्ण तथा दुई देशबीच पछिल्लो पटक देखिएको केही असमझदारी अन्त्य गर्नेगरी केन्द्रीत भएको विज्ञहरुको बुझाई छ । प्रधानमन्त्रीको फागुन ७ देखि १२ गतेसम्म हुने भारत भ्रमणमा विभिन्न सातवटा विषयमा शनिबार दुईदेशबीच सहमति भएपनि त्यो भन्दा महत्वपूर्ण विषय नेपाल भारतबीचको आपसी...