कपिलबस्तुमा चौथो बाणगंगा नगरस्तरीय माघी महोत्सव २०७८ को तयारी
कमल चौधरी
कपिलवस्तु, पुस ३ गते । थारु समुदायको संस्कृति संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले यस बर्ष पनि बाणगंगा नगरस्तरीय माघी महोत्सव हुनेभएको छ । विशेषगरी नेपाली समाजमा छुट्टै पहिचान बनाउन सफल थारु समुदायको महान पर्व माघी महोत्सवलाई निरन्तरता दिन महोत्सव तयारी गरिएको थारु कल्याणकारी सभा कपिलवस्तुका सभापति उमाशंकर थारुले बताउनुभयो...














