समाचार
नाकाबन्दी जारी रहन्छः मोर्चा
काठमाडौं, मंसिर २४ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको एक प्रमुख घटक संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले मधेशको माग पूरा नहुँदासम्म मधेसको आन्दोलन नरोकिने बताउनुभएको छ ।
चारदिने भारत भ्रमण सम्पन गरेर स्वदेश फिर्ता भएको मोर्चा टोलीको तर्फबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीहरुसँग कुरागर्दै अध्यक्ष यादवले सरकारको रवैया समाधानमुखी...
मुक्तकमैया, हलिया र कमलरीको समस्या समाधान गर्ने प्रतिवद्धता
काठमाडौँ, मङ्सिर १५ गते। भूमिसुधार तथा व्यवस्था मन्त्रालयले मुक्त हलिया, कमैया र कम्लहरीको न्यायिक पुनःस्थापनाका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
मुक्त कमैया र हलिया र कम्लहरीका सम्बन्धमा काम गर्ने संस्थाका प्रतिनिधिको उपस्थितिमा आज मन्त्रालयमा भएको छलफल कार्यक्रममा भूमिसुधार तथा व्यवस्थामन्त्री रामकुमार सुब्बाले बँधुवा मजदुरसम्बन्धी समस्या मुलुकभर रहेकाले यसको...
लिफ्ट लिउँ, लिफ्ट दिउँ अभियान शुरु
काठमाडौं, मंसिर १४ गते । भारतीय अघोषित नाकाबन्दीका कारण भइरहेको इन्धन अभाव र सर्वसाधारणमा परेको यातायात असुविधालाई ख्याल गर्दै सूचना तथा सञ्चार प्रविधि मन्त्री शेरधन राईले सवारी साधनमा “लिफ्ट दिउँ ! लिफ्ट लिउँ !! ” अभियान सोमबार प्रारम्भ गर्नुभएको छ ।
अनेरास्ववियू केन्द्रीय कार्य समितिको आयोजनामा सोमबार साँझ पुरानो बसपार्कबाट मन्त्री...
विद्यार्थीले काठमाडौं घेरे
काठमाडौंं, मंसिर ११ गते । भारतीय नाकाबन्दी फिर्ता गरी विद्यालय सुचारुको माग गर्दै काठमाडौंका विद्यार्थीहरुले शुक्रबार साढे २७ किलोमिटर लामो चक्रपथ घेराउ गरेका छन् ।
बिद्यालय पढ्ने ससाना नानीहरु प्ले कार्ड बोकेर ‘बाँच्न र पढ्न देऊ भन्दै राजधानीको चक्रपथको सडकमा ओर्लेका हुन् ।
नाकाबन्दीका कारण विद्यार्थीलाई परेको असरलाई अन्तर्राष्ट्रिकरण गर्ने उद्देश्यले हजारौं...
सभामुख र जापानी राजदूतबीच भेटवार्ता
काठमाडौं, मंसिर ११ गते । व्यवस्थापिका संसदका सभामुख ओनसरी घर्ती र नोलका लागि जापानका राजदूत मसाशी ओगावाबीच शिष्टाचार भेटवार्ता भएको छ ।
सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा शुक्रबार दिउँसो भएको दुईपक्षीय भेटवार्तामा राजदूतले सभामुख घर्तीलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो । सो अवसरमा राजदूत ओगावाले नेपाललाई जापान सरकारको तर्फबाट हुने सहयोगलाई...
पत्रकार दुर्घटना बीमा घोषणा
काठमाडौं, मंसिर १० गते । सूचना तथा सञ्चार प्रविधि मन्त्री शेरधन राईले श्रमजीवी पत्रकारको दुर्घटना वीमाको पहिलो चरणको ‘पत्रकार दुर्घटना वीमा’ कार्यक्रमको घोषणा गर्नुभएको छ ।
नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा विहिबार आयोजित पत्रकार दुर्घटना विमा शुभारम्भ कार्यक्रममा मन्त्री राईले त्यसको घोषणा गर्नुभएको हो । पहिलो चरणमा ५५४ जना पत्रकार विमित...
नयाँ संविधानले महिलामा हौसलाः राष्ट्रपति भण्डारी
काठमाडौं, मंसिर ८ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ संविधानमा भएको महिलाको अधिकार सम्बन्धी व्यवस्थाले नेपाली महिलामा हौसला बढाएको बताउनुभएको छ ।
महिला हिंसा विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा मंगलबार दिनुभएको सन्देशमा राष्ट्रपति भण्डारीले त्यस्तो बताउनुभयो । संविधानमा प्रदत्त महिला हक अधिकारलाई कार्यान्वयनका लागि नयाँ कानून र नीतिहरु बनाउँदै अघि बढनुपर्ने आवश्यकता...
थरुहट कार्यकर्ताले गरे जीपमा आगजनी
धनगढी, मंसिर ७ गते । बन्दको अवज्ञा गरेको भन्दै थरुहट÷थारुवान पक्षधर आन्दोलनकारीले गएराती से १ च ११७२ नम्बरको पिकअप जिपमा आगजनी गरेका छन् ।
राती करिब साढे ११ बजेतिर पूर्व–पश्चिम राजमार्गको चौमालाको राजीपुर नजिक जिपमा आगजनी गरिएको प्रहरीले जनाएको छ । आगजनीबाट जिपको अगाडिको भागमा क्षति पुगेको बताइएको छ । आगजनी...
पत्रकारमाथिको दुव्र्यवहार आपत्तिजनकः महासंघ
काठमाडौं, मंसिर ६ गते । समाचार प्रकाशनको विषयलाई लिएर पत्रकारलाई दुव्र्यवहार र हातपात गरेको घटनाप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ ।
बाँकेका प्रहरी निरिक्षक भरत राठौर तथा स्थानीय निर्माण व्यवसायी गणेश शाहीको समूहले बाँकेका तीनजना पत्रकारमाथि दुव्र्यवहार र हातपात गरेकोभन्दै महासंघले आपत्ति जनाएको हो । मंसिर ५ गते महासंघका केन्द्रीय...













