माघी पर्वमा राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना
काठमाडौं, पुस ३० गते । राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा ओलीले माघे संक्रान्ति तथा माघी पर्व २०७२ को अवसरमा छुट्टाछुट्टै शुभकामना व्यक्त गर्नुभएको छ ।
माघे संक्रान्ति तथा थारु, मगर, छन्त्याल समुदायको माघीपर्वको अवसरमा दिनुभएको सन्देशमा राष्ट्रपति भण्डारीले देश तथा विदेशमा रहनुभएका सबै नेपाली समुदायहरुको प्रगति तथा एकताको शुभकामना...














