तमु सञ्चारकर्मी संघ नेपालले गर्यो सातजना पत्रकारलाई सम्मानित
काठमाडौं, पुस १३ गते । आदिबासी समुदायको हकअधिकार, भाषा संस्कृतिको उत्थानमा योगदान दिएको भन्दै तमु (गुरुङ) सञ्चारकर्मी संघ, नेपालले सातजना आदिबासी पत्रकारलाई सम्मानित गरेको छ ।
तमु (गुरुङ) ल्होसार २०७५ को अवसरमा संघले पत्रकारलाई सम्मानित गरेको अध्यक्ष रविन गुरुङले बताउनुभयो । टुँडीखेलमा शुक्रबार आयोजित कार्यक्रमबीच पत्रकारलाई गुरुङ संस्कृतिको पगडी लगाइदिएर नगद...














