समाचार
गोलिहानी हत्या गरिएका दिपेन्द्र चौधरीका परिवारलाई दश लाख रुपियाँ राहत
काठमाडौं, मंसिर १३ गते । अज्ञात समूहको गोलीबाट हत्या गरिएका कपिलवस्तुका दिपेन्द्र चौधरीका परिवारलाई राहतस्वरुप सरकारले दशलाख रुपियाँ सहयोग गर्ने निर्णय गरेको छ ।
शुद्धोधन गाउँपालिका ४ का राजाबाबुका नामले चिनिने चौधरीलाई मंसिर ७ गते अज्ञात समूहले गोली हानी हत्या गरेको थियो । तत्कालिन फोरम लोकतान्त्रिकका स्थानीय नेतासमेत रहेका चौधरीको हत्यामा...
पूर्व सांसद तथा मुक्त कमैया आन्दोलनकी नेतृ मोतीदेवी थारुको निधन
काठमाडौं, मंसिर १० गते । तत्कालिन नेकपा माओवादीबाट २०६३ सालमा अन्तरिम संविधानसभाका सभासद मोदीथारु थारु (४५) को सोमबार निधन भएको छ । लामो समयदेखि क्यान्सरबाट पीडित चौधरीको निधन भएको मुक्त कमैया समाजका केन्द्रीय अध्यक्ष पशुपति चौधरीले बताउनुभयो ।
वर्दिया निवासी चौधरी कमैया आन्दोलनको सशक्त नेतृ हुनुहुन्थ्यो । अन्तरिम संसद बैठकमा उहाँले...
राजपा नेपालमा आन्तरिक विवाद चुलियो, गुटगत भेला भइरहेको दावी
काठमाडौं, मंसिर ९ गते । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालमा विवाद चुलिएको छ । केही दिन अघिमात्र संयोजकमा नेता राजेन्द्र महतो आएदेखि नै नेताहरुबीच आन्तरिक विवाद बढेको सो दलका नेताहरुले बताउने गरेका छन् ।
महन्थ ठाकुर पक्षीय नेताहरुले सोमवार बिहान ११ बजे आफू पक्षीय केन्द्रीय सदस्यको भेला बोलाएका छन् । बैठक...
ठाकुरको कार्यकाल सकियो, आजदेखि नेता राजेन्द्र महतो राजपाको संयोजक
काठमाडौ, मंसिर ५ गते । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) को अध्यक्ष मण्डलको संयोजकमा आज (बुधबार) देखि राजेन्द्र महतो आउनुभएको छ । यसअघिका संयोजक महन्थ ठाकुरको कार्यकाल सकिएपछि महतो जिम्मेवारीमा आउनुभएको हो ।
राजपाको पार्टी कार्यालय बबरमहलमा मंगलबार बसेको अध्यक्ष मण्डलको बैठकले नेतृत्वलाई चक्रिय प्रणालीमा सञ्चालित गर्न बहुमतबाट निर्णय गरेपछि महतो...
छवटा आयोगमा सचिव तोकियो, जनजाति आयोगमा मात्र जनजाति सचिव
काठमाडौं, कात्तिक २५ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपालको संविधानको व्यवस्था अनुसार छवटा आयोगका लागि सचिव पठाउने निर्णय गरेको छ ।
मन्त्रालयको आज बसेको मन्त्रिस्तरीय बैठकको निर्णयबाट सो निर्णय भएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले बताउनुभयो । निर्णयअनुसार राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, मुस्लिम आयोग, मधेशी आयोग, आदिवासी...
चुनाव लड्ने निर्णयबाट व्याक भएको होइन, पार्टीले भनेमा तयार हुन्छुँः गौतम
काठमाडौं, कात्तिक २२ गते । नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य तथा पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले आफूलाई सांसद बनाउन पार्टीका नेताहरुसँग कहिल्यै माग्न नगएको प्रष्ट पार्नुभएको छ ।
देउँसीभैलो खेल्न निवास पुगेका पत्रकारसँग कुरा गर्दै नेता गौतमले त्यस्तो बताउनुभयो । “मलाई सांसद बनाउनु पर्यो भनेर माग गरेको छैन, मलाई दुवैजना अध्यक्षले तपाई...
दीपावलीमा पूर्वीया थारु समुदाय रमाए परम्परागत हुक्के हुक्का खेलमा
सहदेव चौधरी
काठमाडौं, कात्तिक २१ गते । अन्धन लक्ष्मी घर ढुक दलिदर भूत बहार हो अर्थातधनकी देवी लक्ष्मी घरभित्र आओ भूत, पिचास, नकारात्मक चिज बाहिर जाओ
लक्ष्मीपूजाको साँझमा पूर्वीया थारु समुदायले लक्ष्मी भित्र्याउन हातमा सन्ठी (जुट सिन्का) बाट बनाइएको हुक्के हुक्का खेलेका छन्। पूर्वी जिल्लाका थारु समुदायले लक्ष्मीलाई भित्र्याउन हुक्के हुक्का खेल्ने गर्छन् ।
लक्ष्मीपूजाको दिन साँझ...
सूर्य चिन्ह लिएर चुनाव लडेका पहिलो जनपक्षीय नेता तुलाधरको निधन
काठमाडौं, कात्तिक १८ गते । मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको ७७ बर्षको उमेरमा निधन भएको छ । मानवअधिकारकर्मी तथा नागरिक अगुवा तुलाधरको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आइतबार निधन भएको हो ।
स्वास्थ्यमा समस्या आएपछि शुक्रबार साँझ माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना हुनुभएका तुलाधरलाई मस्तिष्कघात भएको थियो । तत्कालीन नेकपा माओवादीलाई शान्ति...
माग सम्बोधन गर्न कुटनीतिक पहल गरिदिन गेसोको ध्यानाकर्षण
काठमाडौं, कात्तिक १५ गते । गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले गोरखा सैनिकमाथि बेलायती सरकारद्वारा गरिएको विभेद अन्त्यकालागि कुटनीतिक पहल गर्न सरकारसँग माग गरेको छ । संघले विहिबार यहाँ पत्रकार सम्मेलन गरी सो माग गरेको हो ।
यसअघि पनि सरकारलाई समस्या समाधानका लागि पहल गर्न ध्यानाकर्षण गराइएको भएपनि सरकारले ठोस पहल...













