थाकस पर्साको जिल्ला अध्यक्षमा रामेश्वरप्रसाद महतो थारू निर्वाचित
शम्भुप्रसाद महतो थारु
पर्सा, चैत १८ गते । थारू कल्याणकारिणी सभा (थाकस) पर्साको अध्यक्षमा रामेश्वरप्रसाद महतो थारु निर्वाचित हुनुभएको छ । आज शनिबार भएको जिल्लाको आठौं अधिवेशनले उहाँलाई अध्यक्षमा निर्वाचित गरेको हो ।
अधिवेशनको उदघाटन थाकसका महामन्त्री प्रेमीलाल चौधरीले गर्नुभएको थियो । सो अवसरमा पूर्वमन्त्री सुरेन्द्रप्रसाद चौधरीले पनि आफ्नो धारणा राख्नुभएको थियो...














