थारु विद्यार्थी समाजको केन्द्रीय अधिवेशन असोज १ र २ गते हुने
काठमाडौं, असार १९ गते । लामो समयदेखि विवादका कारण केन्द्रीय अधिवेशन सम्पन्न गर्न नसकेको थारु विद्यार्थी समाजको अधिवेशन आगामी असोज १ र २ गते गर्ने निर्णय समाजले गरेको छ । हालै सम्पन्न केन्द्रीय भेलाले अधिवेशन काठमाडौंमै गर्ने निर्णय गरेको हो ।
अधिवेशन तयारीका लागि केन्द्रीय अध्यक्ष रमेश चौधरीको संयोजकत्वमा महाधिवेशन मूल...














