पूर्णागिरीमेलाको चहलपहल महेन्द्रनगरमा, व्यापार उत्साहजनक
भीमदत्तनगर, वैशाख २ गते । भारतको उत्तराखण्डस्थित पूर्णागिरिमा मेला सुरु भएसँगै कञ्चनपुरको भीमदत्तनगर र ब्रह्मदेव बजारमा अहिले व्यापारिक कारोबार दोब्बरले बढेको व्यापारीहरुले बताएका छन् ।
फागुनदेखि जेठ महिनासम्म लाग्ने मेला अवधिमा यहाँस्थित सिद्धनाथ मन्दिरमा आउने भारतीय दर्शनार्थीकाकारण व्यापार बढेको हो । “दैनिक २० हजारभन्दा बढी भारतीय तथा नेपाली दर्शनार्थी सिद्धबाबाको दर्शनका...













