मधेसी रिलिफ फण्डको सहयोगमा कैदीलाई झुल वितरण
धनगढी, चैत २५ गते । टीकापुर घटना घटाएको अभियोगमा जेल सजाय भोगिरहेकाहरुलाई झुल वितरण गरिएको छ । गर्मीयाम शुरुभएसँगै कारागारभित्र मच्छर बढ्न थालेपछि झुल वितरण गरिएको हो ।
मधेसी रिलिफ फण्ड (एमआरएफ) ले थारू नागरिक समाज कैलालीमार्फत थारु कैदीहरुलाई विहिबार झुल वितरण गरेको छ । गत भाद्र ७ गते टीकापुरमा भएको...












