ब्यानर समाचार
महुवाको याम शुरु, थारु गाउँबस्ती संकलनमा व्यस्त
धनगढी, वैशाख ६ गते । थारु समुदायका लागि निकै चर्चामा रहेको महुवाको दारुका लागि महुवा संकलनमा थारु समुदाय अहिले व्यस्त रहेको छ । खास चाडपर्वमा महुवाको रक्सी थारु समुदायमा प्रयोगमा ल्याइने गरिन्छ ।
महुवा (एक प्रजातिको रुख) को फलबाट घरमा प्रयोग गरिने रक्सी बनाउने प्रचलन थारु गाउँमा छ । महुवाको रक्सी...
नागरिक पार्टीको रौतहट जिल्ला कार्य समिति गठन
रौतहट, वैशाख ६ गते । संगठन विस्तारका क्रममा जिल्ला अभियानमा रहेका नागरिक पार्टीका नेताहरुले धमाधम संगठ विस्तार गरिरहनुभएको छ । सोहीक्रममा नागरिक समाजवादी पार्टीको रौतहट जिल्ला कार्यसमिति सोमबार गठन भएको छ ।
बैजनाथपुरमा भएको भेलामा बमभोली चौधरीको संयोजकत्वमा २५ सदस्यीय रौतहट जिल्ला कार्य समिति गठन गरिएको केन्द्रीय प्रवक्ता राज थारुले बताउनुभयो...
प्रहरी जवान मख्खुलाल चौधरीले देखाए आफ्नो इमान्दारिता
ललितपुर, बैशाख ५ गते । ललितपुरको सातदोबाटो चोक नजिकै बेवारिसे अवस्थामा रातो झोला देखेपछि ड्युटिमा रहेका सातदोबाटो प्रहरीवृतका प्रहरी जवान मख्खुलाल चौधरीले त्यसलाई हेरे। झोला खोलेर हेर्दा त्यसमा केही कपडा र एक एक हजारको बिटो देखे।
त्यसपछि तत्काल डिएसपी तारादेवी थापालाई फोन गरे र जानकारी गराए। डिएसपी थापाले झोला आफ्नो कार्यालयमा ल्याउन...
विवादकाबीच सकियो दाङको थारु साहित्यिक मेला
घोराही, वैशाख ५ गते । दुईदिनसम्म दाङमा चलेको थारु साहित्यिक मेला विवादकाबीच शनिबार सम्पन्न भएको छ । पश्चिमका बाँके, वर्दिया, कैलाली, कञ्चनपुर लगायतबाट प्रतिनिधित्व रहेको थारु साहित्यकारहरुको जमघटले चौधबुंदे घोषणापत्र जारी गर्दै सकिएको छ ।
कार्यक्रममा सहभागीहरुको भनाईअनुसार पहिलो पटक थारु साहित्यिक मेला आयोजना भएपनि विवादरहित हुन सकेन । मूल आयोजकले...
थारु भाषा साहित्यका चारजना अग्रज एकसाथ सम्मानित
सन्तोष दहित
घोराही, वैशाख ४ गते । थारु साहित्यिक मेलामा २०२८ सालमा पहिलो पटक थारु भाषामा गोचाली पत्रिका प्रकाशन गरी भाषा, साहित्यको संरक्षण र प्रवद्र्धनमा योगदान पु¥याएको भन्दै गोचाली पत्रिकाका संस्थापक महेश चौधरी, भगवति चौधरी, लालबहादुर चौधरी, र टेकबहादुर चौधरीलाई कदरपत्रले सम्मानित गरिएको छ ।
शुक्रबारबाट शुरुभएको साहित्यिक मेलामा नेपाल प्रज्ञा प्रतिष्ठानको...
पत्रकार तथा साहित्यकार लक्की चौधरी सम्मानित
काठमाडौं, वैशाख ४ गते । गोरखापत्रकर्मी लक्की चौधरी सक्रिय युवा पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको छ । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले शनिबार एक कार्यक्रमकाबीच पत्रकार चौधरीलाई सम्मानित गर्नुभयो ।
रिपोर्टर्स क्लवको अठारौं वार्षिकोत्सवको अवसरमा चौधरीसहित न्यूज एजेन्सीका फोटोपत्रकार मेननराज राजभण्डारी र नेपाल मण्डल टी.भी.का रामराजा बज्राचार्य पनि सम्मानित हुनुभयो । तीनैजना...
प्रथम श्रेणीमा गरिन शान्ता चौधरीले कक्षा आठको बोर्ड पास
काठमाडौं, वैशाख ३ गते । नेकपा एमालेकी नेतृ तथा पूर्व सांसद शान्ता चौधरीले कक्षा ८ को जिल्लास्तरीय परीक्षामा प्रथम श्रेणीमा उत्तीर्ण गरेकी छिन्।
दाङ लक्ष्मीपुरको उच्च मावि डाँडागाउँ गोग्लीबाट परीक्षा दिएकी पूर्व सभासद् चौधरी पहिलो श्रेणीमा उत्तीर्ण भएर निकै खुशी छिन् । सभासद् हुँदा निरक्षर भएकाकारण धेरै दुःख झेल्नुपरेको महसुस भएपछि...
हाकिम श्रीमतीलाई जी, हजुर भन्छुः श्रीमान कार्यालय सहयोगी
गुल्मी, वैशाख ३ गते । कार्यालय समय विहान दश बजेतिर गुल्मीको एक सरकारी कार्यालयमा एकजना पुरुष आउँछन् र कार्यालय सरसफाई गर्छन् । हाकिमको कुर्ची–टेवुल पुछ्नुको साथै त्यस टेबुलमा पिउने पानीको व्यवस्था पनि मिलाउँछन् ।
त्यसको केहि बेरपछि एउटी महिला आउँछिन् र त्यस कार्यालय प्रमुखको कुर्चीमा बस्छिन् । उनी कुर्चीमा बसेलगत्तै ती...
जापानमा शक्तिशाली भूकम्प गयो, नौजनाको मृत्यु
काठमाडौं, वैशाख ३ गते । जापानमा गएराती शक्तिशाली भूकम्प गएको छ । ६ दशमलब ५ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा परी ९ जनाको मृत्यु भएको छ ।
दक्षिणी क्षेत्र क्यूशु दीपलाई केन्द्रविन्दु बनाएर गएराति गएको भूकम्पमा परी सात सयभन्दा बढी मानिस घाइते भएको बीबीसीले जनाएको छ ।
जापानी मौसम विभागकाअनुसार स्थानीय समयअनुसार राति...














