पार्टीको नाम परिवर्तन गर्ने तयारी गर्दै फोरम (लोकतान्त्रिक)

काठमाडौं, वैशाख १६ गते । विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) पार्टीले आगामी महादिवेशनदेखि आफ्नो दलको नाम परिवर्तन गरी ‘समावेशी राष्ट्रिय चरित्र झल्काउने’ नयाँ नाम राख्ने तयारी गरेको बताएको छ । पार्टी नेता जितेन्द्र देवका अनुसार नाम परिवर्तन बारे पार्टीमा कुराकानी भएको र आगामी महाधिवेशनले नाम परिवर्तन सम्वन्धमा निर्णय लिने...

सञ्चार क्षेत्रलाई समावेशी बनाउन नेवा दबुको माग

काठमाडौं, वैशाख १६ गते । नेपाली सञ्चारमाध्यमलाई समावेशी बनाउन र नेपाल पत्रकार महासंघको सदस्यता वितरणलाई सहज बनाउन माग गर्दै नेवाः पत्रकार राष्ट्रिय दबूले नेपाल पत्रकार महासंघलाई विहीबार ज्ञापनपत्र बुझाएको छ । चितवनमा २१ गते हुन गैरहेको महासंघको केन्द्रीय साधारणसभालाई मध्यनजर गर्दै सञ्चारग्रामस्थित महासंघको कार्यालयमा नेवाः पत्रकारका अध्यक्ष श्रीकृष्ण महर्जनले महासंघका अध्यक्ष...

संसदको नियमावली मस्यौदा अन्यौलमै, कोरम नपुग्ने रोग यथावतै

संसदको नियमावली मस्यौदा अन्यौलमै, कोरम नपुग्ने रोग यथावतै
काठमाडौं, वैशाख १५ गते । व्यवस्था संसदको दोस्रो अधिवेशन वैशाख २१ गतेलाई आव्हान भएपनि संसदको नयाँ नियमावली मस्यौदा गर्ने जिम्मेवारी पाएको नियमावली मस्यौदा समितिले बैठक अघि नियमावली मस्यौदा तयार गरिसक्ने संकेत देखाएको छैन । समितिको बुधबार सिंहदरवारमा बसेको बैठकमा पनि यसअघिको जस्तै सदस्यहरुको कोरम पुग्न सकेन । ६१ सदस्यीय मस्यौदा समितिको...

संविधान कार्यान्वयन विरोधी गतिविधिलाई रोक्नुस्ः गृहमन्त्री बस्नेत

संविधान कार्यान्वयन विरोधी गतिविधिलाई रोक्नुस्ः गृहमन्त्री बस्नेत
बुटवल, वैशाख १३ गते । गृहमन्त्री शक्तिबहादुर बस्नेतले संविधान विरोधी कुनै पनि कार्र्यलाई रोक्न सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिनुभएको छ । सरकारको मुख्य कार्यभार नयाँ संविधान कार्यान्वन रहेको भन्दै उहाँले त्यसको विरुद्धमा हुने कुनै पनि कार्यलाई तत्काल नियन्त्रणमा लिन सुरक्षा निकायका प्रमुखहरुलाई निर्देश गर्नुभयो । “आन्दोलन गरेर जनतालाई भड्काउने अहिलेको अवस्था होइन...

सञ्चारमाध्यम पनि उद्योग बन्ने, मन्त्रालयले ग¥यो सिफारिस

सञ्चारमाध्यम पनि उद्योग बन्ने, मन्त्रालयले ग¥यो सिफारिस
काठमाडौं, वैशाख १३ गते । सूचना तथा सञ्चार मन्त्रालयले नेपाली मिडियालाई उद्योगको मान्यताका लागि मन्त्री परिषद बैठकमा पठाउने निर्णय गरेको छ । मिडियाले उद्योगको रुप नपाउँदा उद्योगले पाउने छुट सुविधा पाउनबाट सञ्चारमाध्यम बञ्चित हुँदैआएको भन्दै मन्त्रालयले त्यस्तो निर्णय गरेको बताएको छ । सञ्चार मन्त्रालयमा बसेको सोमबारको मन्त्रीस्तरको बैठकले त्यस्तो निर्णय गर्दै...

बाघको आक्रमणबाट डोटीमा एकजना व्यक्तिको मृत्यु

बाघको आक्रमणबाट डोटीमा एकजना व्यक्तिको मृत्यु
डोटी, वैशाख १३ गते । डोटीमा बाघको आक्रमणबाट थर नखुलेको जगदशी नामको एकजना व्यक्तिको ज्यान गएको छ ।  भारत हिमाञ्चल प्रदेशको काँगडा घर भई हाल दिपायल सिलगढी नगरपालिका–७ कुलपातेमा बस्दै आएका ५५ वर्षीय जगदिशको बाघको आक्रमणबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिनुभयो । ओक्राकाअनुसार जगदिश...

संघीय गठबन्धनले आगामी जेठ १ गते सिंहदरवार घेराउ गर्ने

संघीय गठबन्धनले आगामी जेठ १ गते सिंहदरवार घेराउ गर्ने
काठमाडौं, वैशाख १० गते । आदिबासी जनजाति, मधेसी, थारु, मुश्लिम तथा पिछडावर्गको संयुक्त गठबन्धनले आगामी जेठ १ गते सिंहदरवार घेराउ गर्ने निर्णय गरेको छ । गठबन्धनले शुक्रबार यहाँ पत्रकार सम्मेलन गरी त्यस्तो जानकारी गराएको हो । गठबन्धनले घोषणा गरेको अन्य कार्यक्रममा वैशाख २१ देखि ३१ गतेसम्म सबै जिल्लाको प्रमुख शहरमा विरोधसभा...

अख्तियारले गर्यो पत्रकार कनकमणि दिक्षितलाई पक्राउ

अख्तियारले गर्यो पत्रकार कनकमणि दिक्षितलाई पक्राउ
काठमाडौं, वैशाख १० गते । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पत्रकार कनकमणि दीक्षितलाई गैरकानूनी सम्पत्ति राखेको आरोपमा पाटनस्थित उहाँकै निवासबाट पक्राउ गरेको छ। दिक्षितले अख्तियारलाई दिएको स्पष्टिकरण चित्त नबुझेको भन्दै शुक्रबार अख्तियारले उहाँलाई पक्राउ पुर्जी थमाइएको हो। दीक्षितलाई पक्राउ गर्न प्रहरीसहित अख्तियारका अधिकारीहरू पाठनढोकास्थित दीक्षित निवास पुगेका थिए। दीक्षितलाई थमाइएको पक्राउ पूर्जिमा लेखिएको...

अवको आन्दोलन सिंहदरवार केन्द्रीत हुन्छः नेता अशोक राई

अवको आन्दोलन सिंहदरवार केन्द्रीत हुन्छः नेता अशोक राई
पाँचथर, वैशाख १० गते । सङ्घीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राईले मधेशी मोर्चालगायतको गठबन्धनले गर्ने आन्दोलन शान्तिपूर्ण रुपमा अघि बढ्ने बताएका छन्। पाँचथरको फिदिममा बिहीबार पार्टीका अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै उनले अबको आन्दोलन सिंहदरबार केन्द्रित हुने र आन्दोलन शान्तिपूर्ण रुपमा अघि बढ्ने उल्लेख गरेका हुन्। आन्दोलन सिंहदरबार केन्द्रित हुने र...

संविधानमा छुटेको विषय संशोधनका लागि सरकार तयार: गच्छदार

संविधानमा छुटेको विषय संशोधनका लागि सरकार तयार: गच्छदार
विराटनगर, वैशाख १० गते । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष गच्छदारले दलको यही वैशाख २० देखि २२ गतेसम्म विराटनगरमा हुने प्रथम महाधिवेशनको तयारी सम्बन्धमा शुक्रबार यहाँ आयोजित पत्रकार सम्मेलनमा गच्छदारले त्यस्तो बताउनुभयो । नेपाली जनता राजनीतिक दलको आन्दोलनबाट वाक्कदिक्क भइसकेको बताउँदै दलबीच संविधानमा भएका असहमति संशोधन गरी समाधान गर्न सरकार...