भ्रष्टाचार आरोप लागेका एमाओवादी सांसद लामा निलम्बित

भ्रष्टाचार आरोप लागेका एमाओवादी सांसद लामा निलम्बित
काठमाडौँ, वैशाख ३१ गते। व्यवस्थापिका–संसद्ले गैरकानुनी रुपमा भ्रष्टाचार गरी अकुत सम्पत्ति आर्जन गरेको अभियोग लागेका सांसद ल्हारक्याल लामालाई पदबाट निलम्बन गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सांसद लामाविरुद्ध गैरकानुनी रुपमा भ्रष्टाचार गरी अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सांसद लामाविरुद्ध...

मधेसी मोर्चा सहितको गठबन्धनले जेठ २ गतेदेखि सिंहदरवार घेर्ने

मधेसी मोर्चा सहितको गठबन्धनले जेठ २ गतेदेखि सिंहदरवार घेर्ने
काठमाडौं, वैशाख ३१ गते । संघीय गठबन्धन दलमा आवद्ध राजनीतिक दलका नेताहरुले दुईदिने काठमाडौं केन्द्रीत आन्दोलनको कार्यक्रम सार्वजनिक गरेका छन् । शुक्रबार यहाँ पत्रकार सम्मेलन मार्फत गठबन्धनले कार्यक्रम सार्वजनिक गरेको हो । मोर्चाले गर्ने आन्दोलनमा जेठ १ गते काठमाडौं रत्नपार्क शान्तिबाटिकाबाट दिउँसो ३ बजे जनप्रदर्शन गर्ने र जेठ २ गतेदेखि सिंहदरवार...

चित्तवनको खैरहनीमा शुरुभयो अर्को थारु होमस्टे

चित्तवनको खैरहनीमा शुरुभयो अर्को थारु होमस्टे
चित्तवन, वैशाख ३० गते । पछिल्लो समयमा पर्यटनको विकास हुँदै गएको पूर्वी चितवनको खैरहनी नगरपालिकाको कुमरोजमा चारवटा थारु होमस्टे (घरवास) शुरुभएको छ । पर्यटकलाई थारुको रहनसहन र थारुकै परिकारका स्वाद उपलब्ध गराउने गरी थारु होमस्टे निर्माण गरिएको सहयोगी संस्था कुमरोज मध्यवर्ती सामुदायिक वनका अध्यक्ष हीराबहादुर गुरुङले जानकारी दिनुभयो । खैरहनी नगरपालिका–१३ हर्नरीमा...

जेठ १ गतेदेखि सिंहदरवार वरिपरि कडा सुरक्षा सतर्कता

जेठ १ गतेदेखि सिंहदरवार वरिपरि कडा सुरक्षा सतर्कता
काठमाडौं, वैशाख ३० गते । मधेस केन्द्रीत दलको सङ्घीय गठबन्धन र थरुहट संघर्ष समितिले सिंहदरबार घेराउको तयारी गरेपछि सरकारले उच्च सुरक्षा सतर्कता अपनाएको छ । मधेसी दलहरुको सिहंदरबार केन्द्रित आन्दोलनलाई मध्यनजर राख्दै प्रहरीले दोब्बर सुरक्षाकर्मी परिचालन गरेको हो । संघीय गठबन्धनले जेठ १ देखि सिंहदरवार केन्द्रीत कार्यक्रम गर्ने यसअघि घोषणा गरिसकेको...

जनजाति प्रतिष्ठानमा राप्रपा नेपालका चन्द्रबहादुर गुरुङ

जनजाति प्रतिष्ठानमा राप्रपा नेपालका चन्द्रबहादुर गुरुङ
काठमाडौं, वैशाख ३० गते । सरकारले आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानको उपाध्यक्षमा राप्रपा नेपालका चन्द्रबहादुर गुरुङलाई नियुक्त गरेको छ । प्रतिष्ठानको उपाध्यक्ष राज्यमन्त्री सरहको नियुक्ति हो । प्रतिष्ठानको सदस्यसचिव पदमा एमालेका गोविन्दलाल माझी नियुक्त हुनुभएको छ । उहाँ नेपाल लोकतान्त्रिक माझी संघका महासचिव हुनुहुन्छ । उपाध्यक्ष पदमा नियुक्त गुरुङ राप्रपा नेपालको कोटाबाट...

नेपालमा रेल कुदाउने अभियान पूरा हुन अझै धेरै समय लाग्ने

नेपालमा रेल कुदाउने अभियान पूरा हुन अझै धेरै समय लाग्ने
काठमाडौँ, वैशाख २९ गते । विसं २०७३ को पुससम्ममा रेल कुदाउने गरी निर्माणको तयारी गरिएको जयनगर–बिजुलपुरा रेलमार्ग भारतको अघोषित नाकाबन्दीका कारण अझै ढिला हुने भएको छ । नेपालमा रेलमार्ग विगत वर्षदेखि नै सरकारको नीति तथा कार्यक्रममा प्राथमिकतामा पर्दै आएको छ । राष्ट्रिय गौरवको आयोजना भए पनि नाकाबन्दी, प्राविधिक कर्मचारीको अभाव र...

भारतको चन्दनचौकीमा नेपाल भारतको थारू सम्मेलन

भारतको चन्दनचौकीमा नेपाल भारतको थारू सम्मेलन
चन्दनचौकी (भारत) वैशाख २८ गते । भारतको उत्तर प्रदेशको लखिमपुर खिरीस्थित चन्दनचौकीमा भारत–नेपाल थारू अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । भेलामा भारतीय थारुले नेपालको थारु अधिकारका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । थारू प्रधान जनकल्याण सेवा समिति चन्दनचौकीको आयोजनामा महाराना प्रताप सिंहको जन्मजयन्तीको अवसरमा दुई देशीय थारू सम्मेलन भएको...

नीति तथा कार्यक्रम मधेश विरोधीः सिंचाई मन्त्री यादव

नीति तथा कार्यक्रम मधेश विरोधीः सिंचाई मन्त्री यादव
महोत्तरी, बैशाख २८ गते । सिचाईमन्त्री उमेशकुमार यादवले सरकारको नीति तथा कार्यक्रम मधेसको पक्षमा नरहेको बताउनुभएको छ । उहाँले विगतमा विभिन्न दलका थुप्रै मन्त्रीहरु सिँचाईमन्त्री भएपनि तराई मधेशको बारेमा कसैले नसोचेको दावी गर्नुभयो । एमाओवादीले सिँचाई मन्त्रालय पाउने वित्तिकै सबभन्दा पहिले तराई मधेशका लागि विशेष कार्यक्रम ल्याएको बताउँदै उहाँले अझै यो...

सञ्चारसम्बद्ध विषय नीति तथा कार्यक्रममा नसमेटिएको गुनासो

सञ्चारसम्बद्ध विषय नीति तथा कार्यक्रममा नसमेटिएको गुनासो
काठमाडौं, वैशाख २७ गते । नेपाल पत्रकार महासंघले सञ्चारसँग सम्बद्ध महत्वपूर्ण विषयलाई नीति तथा कार्यक्रममा समावेश नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । पत्रकारका क्षमता अभिबृद्धिका लागि राष्ट्रिय आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन, पत्रकारका स्वास्थ्य बीमा, निर्देशिकासमेत तयार भएको द्वन्द्वपीडित पत्रकार कल्याणकारी कोष सञ्चालन, जेष्ठ पत्रकार सम्मानवृत्ति लगायतका विषयलाई सरकारले प्राथमिकता नदिएको...

हरुवा चरवाले शुरुगरे सामुहिक तरकारी खेती

हरुवा चरवाले शुरुगरे सामुहिक तरकारी खेती
सप्तरी, वैशाख २७ गते । पुस्तौसम्म बिना ज्यालामा मालिकको खेत जोतीरहेका सीराहा मधुपटटीका हरुवा चरुवाहरु भाडामा जग्गा लिएर सामुहिक खेती गर्न थालेका छन् । सप्तरीको मधुपटट्ी १ मा रहेको आठ कठठ जग्गा भाडामा लिएर उनीहरु तरकारी खेती गर्न थालेका हुन् । मधुपटट्ी ६ र ७ मा रहेका हरुवा चरवाहरु समुह निर्माण...