जति राम्रो काम गरेनि उखान टुक्कै देख्ने नजर नै दोषी छ

जति राम्रो काम गरेनि उखान टुक्कै देख्ने नजर नै दोषी छ
काठमाडौं, जेठ १ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले युवालाई केन्द्रीत गरी देश विकासमा लक्षित गरेर नयाँ बजेट ल्याउने तयारी भएको बताउनुभएको छ । कर्मचारीको तलब सुविधा र कार्यालय सञ्चालन गर्नेगरीमात्र यसअघिको बजेट आएकाले देशको विकास हुन नसकेको उहाँले टिप्पणी गर्नुभयो । युवा संघ नेपालको २६ औं स्थापना दिवसको अवसरमा शनिबार...

संघीय गठबन्धनको वृहत प्रदर्शन, थरुहट लिएर छाड्ने उदघोष

संघीय गठबन्धनको वृहत प्रदर्शन, थरुहट लिएर छाड्ने उदघोष
काठमाडौं, जेठ १ गते । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको संघीय गठबन्धनले काठमाडौंमा शनिबार बृहत प्रदर्शन गरेको छ। प्रदर्शनमा थरुहट पक्षधरले थरुहट प्रदेश लिएरै छाड्ने उद्घोष गरेका छन् । तत्कालीन राज्य पुनर्संरचना आयोगको प्रतिवेदनलाई बेवास्ता गरेर प्रदेशको सीमांकन गरी संविधान बनाइएको विरोधमा गठबन्धनले प्रदर्शन गरेको बताएको छ । गठबन्धनले शान्तिबाटिकाबाट भद्रकाली, सहिदगेट, सुन्धारा,...

गोत्रबीचको वैवाहिक सम्बन्ध अन्त्यका लागि दहित भेला

गोत्रबीचको वैवाहिक सम्बन्ध अन्त्यका लागि दहित भेला
अविनाश चौधरी धनगढी, जेठ १ गते । थारु समुदायमा गोत्र पहिचान हुन नसक्दा एकआध घटना गोत्रबीच वैवाहिक सम्बन्ध भएको घटनालाई मध्येनजर गर्दै जनचेतनाका लागि आजभोलि गोत्र भेलाहरु सघनरुपमा हुनेगरेका छन् । थारु समुदायभित्रको एउटा दहित समुदायले जनचेतना फैलाउनेगरी शनिबार धनगढी उपमहानगरपालिका कैलालीमा दहित थारु समुदायको भेला आयोजना गरेको छ । गोत्रबीच हाडनाताका...

भ्रष्टाचार आरोप लागेका एमाओवादी सांसद लामा निलम्बित

भ्रष्टाचार आरोप लागेका एमाओवादी सांसद लामा निलम्बित
काठमाडौँ, वैशाख ३१ गते। व्यवस्थापिका–संसद्ले गैरकानुनी रुपमा भ्रष्टाचार गरी अकुत सम्पत्ति आर्जन गरेको अभियोग लागेका सांसद ल्हारक्याल लामालाई पदबाट निलम्बन गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सांसद लामाविरुद्ध गैरकानुनी रुपमा भ्रष्टाचार गरी अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सांसद लामाविरुद्ध...

मधेसी मोर्चा सहितको गठबन्धनले जेठ २ गतेदेखि सिंहदरवार घेर्ने

मधेसी मोर्चा सहितको गठबन्धनले जेठ २ गतेदेखि सिंहदरवार घेर्ने
काठमाडौं, वैशाख ३१ गते । संघीय गठबन्धन दलमा आवद्ध राजनीतिक दलका नेताहरुले दुईदिने काठमाडौं केन्द्रीत आन्दोलनको कार्यक्रम सार्वजनिक गरेका छन् । शुक्रबार यहाँ पत्रकार सम्मेलन मार्फत गठबन्धनले कार्यक्रम सार्वजनिक गरेको हो । मोर्चाले गर्ने आन्दोलनमा जेठ १ गते काठमाडौं रत्नपार्क शान्तिबाटिकाबाट दिउँसो ३ बजे जनप्रदर्शन गर्ने र जेठ २ गतेदेखि सिंहदरवार...

चित्तवनको खैरहनीमा शुरुभयो अर्को थारु होमस्टे

चित्तवनको खैरहनीमा शुरुभयो अर्को थारु होमस्टे
चित्तवन, वैशाख ३० गते । पछिल्लो समयमा पर्यटनको विकास हुँदै गएको पूर्वी चितवनको खैरहनी नगरपालिकाको कुमरोजमा चारवटा थारु होमस्टे (घरवास) शुरुभएको छ । पर्यटकलाई थारुको रहनसहन र थारुकै परिकारका स्वाद उपलब्ध गराउने गरी थारु होमस्टे निर्माण गरिएको सहयोगी संस्था कुमरोज मध्यवर्ती सामुदायिक वनका अध्यक्ष हीराबहादुर गुरुङले जानकारी दिनुभयो । खैरहनी नगरपालिका–१३ हर्नरीमा...

जेठ १ गतेदेखि सिंहदरवार वरिपरि कडा सुरक्षा सतर्कता

जेठ १ गतेदेखि सिंहदरवार वरिपरि कडा सुरक्षा सतर्कता
काठमाडौं, वैशाख ३० गते । मधेस केन्द्रीत दलको सङ्घीय गठबन्धन र थरुहट संघर्ष समितिले सिंहदरबार घेराउको तयारी गरेपछि सरकारले उच्च सुरक्षा सतर्कता अपनाएको छ । मधेसी दलहरुको सिहंदरबार केन्द्रित आन्दोलनलाई मध्यनजर राख्दै प्रहरीले दोब्बर सुरक्षाकर्मी परिचालन गरेको हो । संघीय गठबन्धनले जेठ १ देखि सिंहदरवार केन्द्रीत कार्यक्रम गर्ने यसअघि घोषणा गरिसकेको...

जनजाति प्रतिष्ठानमा राप्रपा नेपालका चन्द्रबहादुर गुरुङ

जनजाति प्रतिष्ठानमा राप्रपा नेपालका चन्द्रबहादुर गुरुङ
काठमाडौं, वैशाख ३० गते । सरकारले आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानको उपाध्यक्षमा राप्रपा नेपालका चन्द्रबहादुर गुरुङलाई नियुक्त गरेको छ । प्रतिष्ठानको उपाध्यक्ष राज्यमन्त्री सरहको नियुक्ति हो । प्रतिष्ठानको सदस्यसचिव पदमा एमालेका गोविन्दलाल माझी नियुक्त हुनुभएको छ । उहाँ नेपाल लोकतान्त्रिक माझी संघका महासचिव हुनुहुन्छ । उपाध्यक्ष पदमा नियुक्त गुरुङ राप्रपा नेपालको कोटाबाट...

नेपालमा रेल कुदाउने अभियान पूरा हुन अझै धेरै समय लाग्ने

नेपालमा रेल कुदाउने अभियान पूरा हुन अझै धेरै समय लाग्ने
काठमाडौँ, वैशाख २९ गते । विसं २०७३ को पुससम्ममा रेल कुदाउने गरी निर्माणको तयारी गरिएको जयनगर–बिजुलपुरा रेलमार्ग भारतको अघोषित नाकाबन्दीका कारण अझै ढिला हुने भएको छ । नेपालमा रेलमार्ग विगत वर्षदेखि नै सरकारको नीति तथा कार्यक्रममा प्राथमिकतामा पर्दै आएको छ । राष्ट्रिय गौरवको आयोजना भए पनि नाकाबन्दी, प्राविधिक कर्मचारीको अभाव र...

भारतको चन्दनचौकीमा नेपाल भारतको थारू सम्मेलन

भारतको चन्दनचौकीमा नेपाल भारतको थारू सम्मेलन
चन्दनचौकी (भारत) वैशाख २८ गते । भारतको उत्तर प्रदेशको लखिमपुर खिरीस्थित चन्दनचौकीमा भारत–नेपाल थारू अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । भेलामा भारतीय थारुले नेपालको थारु अधिकारका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । थारू प्रधान जनकल्याण सेवा समिति चन्दनचौकीको आयोजनामा महाराना प्रताप सिंहको जन्मजयन्तीको अवसरमा दुई देशीय थारू सम्मेलन भएको...