अबको दुई वर्षमा नेपाल पेट्रोलियममा आत्मनिर्भरः प्रधानमन्त्री ओली
काठमाडौं, जेठ ६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले अवको दुई वर्षभित्र नेपालमै पेट्रोलियम पदार्थ उत्पादन गरी नेपाल आत्मनिर्भर हुने बताउनुभएको छ । त्यसको उत्खनन्कार्य शुरु भइसकेको बताउँदै उहाँले अरुको भरपर्ने अवस्थाको अन्त्य हुने दावी गर्नुभयो ।
प्रेस चौतारी नेपालको आठौं राष्ट्रिय अधिवेशनको विहिबार यहाँ उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले त्यस्तो बताउनुभयो...














