राजकुमार लेखीको नयाँ पार्टी फागुन २७ गते घोषणा हुँदै

राजकुमार लेखीको नयाँ पार्टी फागुन २७ गते घोषणा हुँदै
काठमाडौं, फागुन २१ गते । यसअघि राष्ट्रिय नागरिक पार्टी नेपाल नामको पार्टी खोलेर अभियानमा रहनुभएका नेता राजकुमार लेखीले फागुन २७ गते त्यसलाई परिमार्जन गर्दै नयाँ शक्तिसहित अर्को पार्टी घोषणा गर्ने तयारी गर्नुभएको छ । पार्टीमा तत्काल अध्यक्ष, उपाध्यक्षसहित पदाधिकारी नरहने भएपनि पार्टीको संयोजक, प्रवक्ता र अन्य सदस्यहरु राख्ने तयारी भएको नेता...

एस.एल.सी.को तयारी पूरा, सवा छलाख विद्यार्थी सहभागी हुँदै

एस.एल.सी.को तयारी पूरा, सवा छलाख विद्यार्थी सहभागी हुँदै
भक्तपुर, फागुन २१ गते । चैत १८ देखि हुने यस वर्षको प्रवेशिका अर्थात् एसएलसी परीक्षाको तयारी पूरा भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले एसएलसी परीक्षाको तयारी पूरा भएको बताउनुभयो । जनक शिक्षा सामग्री केन्द्रमा गोप्यरुपमा एसएलसीको प्रश्नपत्र छपाइसमेत बिहीबारबाट सकिएको बताउँदै उहाँले प्रश्नपत्रसमेत जिल्ला पठाएको बताउनुभयो...

गोरखापत्र संस्थानलाई सूचना संग्रहालयकोरुपमा स्थापित गरिने

गोरखापत्र संस्थानलाई सूचना संग्रहालयकोरुपमा स्थापित गरिने
काठमाडौं, फागुन २० गते । सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले गोरखापत्र संस्थानलाई सूचना संग्रहालयकोरुपमा स्थापित गर्ने तयारी भइरहेको बताउनुभएको छ । गोरखापत्र दैनिक नयाँ नेपालको तीन दिने पृष्ठ सशक्तिकरण प्रशिक्षण कार्यक्रमको विहिबार यहाँ समापन गर्नुहुँदै सचिव थपलियाले त्यस्तो बताउनुभयो । “मैले गोरखापत्र पत्रिका पढेरै शाखा अधिकृतमा नाम निकालेको हुँ,...

मधेसको समस्या नेपालको आन्तरिक विषय होः नितिसकुमार

मधेसको समस्या नेपालको आन्तरिक विषय होः नितिसकुमार
काठमाडौ, फागुन २० गते । भारतको विहार राज्यका मुख्यमन्त्री नितिशकुमारले मधेसको विषय नेपालको आन्तरिक मामिला भएकाले नेपालबाटै त्यसको सम्बोधन गरिनुपर्ने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले विहीबार आयोजना गरेको साक्षात्कारमा उहाँले पहाडी, मधेसी र जनजाति सबै नेपाली हुन्, यहाँका नेताहरु सबैको समस्या सम्बोधन गर्न सक्षम हुनुपर्छ भन्नुभयो । भारत केवल नेपालको...

फागुन २२ गते थारु आन्दोलनका सहिदहरुको स्मरण गरिने

फागुन २२ गते थारु आन्दोलनका सहिदहरुको स्मरण गरिने
काठमाडौं, फागुन २० गते । थारु आन्दोलनका क्रममा सहिद भएकाहरुको सम्झनामा थारु कल्याणकारिणीसभाले फागुन २२ गते शनिबार स्मृतिसभा गर्नेभएको छ । २०६९ सालको २१ दिने आन्दोलनका क्रममा फागुन २२ गते देउखरका रामप्रसाद चौधरी, प्रकाश चौधरीले सहादत्त प्रदान गर्नुभएको थियो । सोपछि चित्तवनका विपिन खड्का, कमल चौधरी र नवलपरासीका धनबहादुर थनेत आन्दोलनकै...

एमालेको विचारले मात्र मुलुकको विकास सम्भवः अध्यक्ष ओली

एमालेको विचारले मात्र मुलुकको विकास सम्भवः अध्यक्ष ओली
काठमाडौं, फागुन १९ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एमाले) को नेतृत्व र विचारले मात्र नेपालको सही विकास सम्भव रहेको बताउनुभएको छ । एमाले नेतृत्वको एकल सरकार बने मुलुकको कायापलट गर्ने दावी उहाँले गर्र्नुभयो । मनाङ् जिल्लाका राप्रपासहित अन्य दलका कार्यकर्ताहरुलाई बुधबार पार्टी मुख्यालय धुम्बाराहीमा पार्टी प्रवेश गराउनुहुँदै प्रधानमन्त्री ओलीले...

विभेदकारी राज्यव्यवस्था चाँडै ध्वस्त गर्छौः अध्यक्ष यादव

विभेदकारी राज्यव्यवस्था चाँडै ध्वस्त गर्छौः अध्यक्ष यादव
जलेश्वर, फागुन १९ गते । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकको विभेदकारी राज्यव्यवस्था चाँडै ध्वस्त पार्ने बताउनुभएको छ । फोरम नेपाल महोत्तरीद्वारा बुधवार जलेश्वरमा आयोजित ‘वर्तमान अवस्था एवं मधेश आन्दोलन’ विषयक अन्तरक्रियामा त्यस्तो बताउनु भयो । अध्यक्ष यादवले पछिल्लो मधेश आन्दोलनले शासकवर्गको ढाड भाचिसकेको जिकिर गर्दै अबको आन्दोलनले विभेदको...

आदिबासी मुसहर समुदायका बालबालिका शिक्षामा सक्रिय हुँदै

आदिबासी मुसहर समुदायका बालबालिका शिक्षामा सक्रिय हुँदै
बर्दिवास, फागुन १८ गते । उज्यालो हुनासाथै काँधमा कोदालो भिरेर मुसा मार्न हिँड्ने महोत्तरीको बर्दिवास–२ को मुसहर बस्तीका केटाकेटीको दैनिकी फेरिएको छ । खेतबारीमा मुसाका प्वाल नियाल्दै समूह बनाएरै घन्टौँ मुसा मार्ने काममा तल्लीन हुने यस बस्तीका पाँच वर्षमाथिका बालबालिका अब बस्तीमै सञ्चालित ट्युसन कक्षामा पढ्न बस्न थालेपछि उनीहरुको परम्परागत दैनिकी...

वैशाख २४ गते पत्रकारिता दिवस मनाउने निर्णय ऐतिहासिक

वैशाख २४ गते पत्रकारिता दिवस मनाउने निर्णय ऐतिहासिक
काठमाडौं, फागुन १८ गते । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले गोरखापत्र प्रकाशन शुरु भएको वैशाख २४ गतेलाई राष्ट्रिय पत्रकारिता दिवसकोरुपमा मनाउने सरकारको निर्णयलाई नेपालको पत्रकारिता तथा गोरखापत्रका लागि ऐतिहासिक उपलब्धी भएको बताउनुभएको छ । गोरखापत्र दैनिकको बहुभाषिक पृष्ठ ‘नयाँ नेपाल’को तीनदिने बहुभाषितक पृष्ठ सशक्तीकरण प्रशिक्षण कार्यक्रमको मंगलबार यहाँ उद्घाटन गर्नुहुँदै मन्त्री...

कार्यान्वयन गर्न नसके संघीयता सबैभन्दा जटिल प्रणाली

कार्यान्वयन गर्न नसके संघीयता सबैभन्दा जटिल प्रणाली
काठमाडौं, फागुन १७ गते । कागजमा नेपालले संघीयतासहितको उत्कृष्ट संविधान बनाएको भएपनि कार्यान्वयनमा सबै चुनौति र जटिलता बाँकीरहेको संघीयताका क्यानेडियन विज्ञहरुले तर्क गर्नुभएको छ । फोरम अफ फेडरेसन्सको आयोजना तथा नेपाल पत्रकार महासंघको सहकार्यमा सोमबार यहाँ आयोजित कार्यक्रममा ती विज्ञहरुले त्यस्तो बताउनुहुँदै संविधान लेख्नु र कार्यान्वयन गर्नु फरक विषय भएको बताउनुभयो...