धुमधामसँग मनाएर सामाःचकेवा पर्व सेलाए थारु समुदायले
काठमाडौं, मंसिर १२ गते । थारु समुदायमा धुमधामकासाथ साताभरी मनाइने सामाःचकेवा पर्वको शनिबार खोला, नदीमा गएर सेलाइको छ ।
माटाका कलात्मक मूर्ति बनाएर पूजापाठ गरी मनाइने सो पर्व चित्तवनदेखि पूर्वका थारु समुदायले मनाउने गर्छन् । उपत्यकासहित तराईका जिल्लामा मनाइएको सामाःचकेवा देशभर एकसाथ सेलाइएको छ । उपत्यकामा बसोबास गर्ने थारुले पनि...