सबैलाई रुवाउँदै अस्ताए चर्चित लोकगायक खेमराज गुरुङ

सबैलाई रुवाउँदै अस्ताए चर्चित लोकगायक खेमराज गुरुङ
काठमाडौं, भाद्र १२ गते । वरिष्ठ लोकगायक खेम गुरुङको आइतबार पशुपति आर्याघाटमा बौद्ध परम्पराअनुसार अन्तिम दाहसंस्कार गरिएको छ । स्वर्गीय गुरुङको पार्थीव शरीरमा उहाँका दुईजना छोराले दागबत्ति दिएका थिए । खाँदवारी ३, संखुवासभा निवासी गुरुङको कलेजो समस्याका कारण उपचारकै क्रममा भाद्र ९ गते अस्पतालमै आसमयिक निधन भएको थियो । उहाँको पार्थीव...

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘टीकापुरको झुठा मुद्दा खारेज हुन्छ’

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘टीकापुरको झुठा मुद्दा खारेज हुन्छ’
काठमाडौं, भदौ १२ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तराई–मधेश आन्दोलनका क्रममा भएको मानवीय र भौतिक क्षतिको आयोगले सिफारिस गर्ने बताउनुभएको छ । आइतबार दिउँसो कैलालीका थारु समुदायका प्रतिनिधिहरुसँगको भेटमा प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो । भेटमा प्रधानमन्त्रीले भन्नुभयो, ‘टीकापुर लगायत तराई–मधेश आन्दोलनका क्रममा देशैभरी भएका घटनाहरुको छानविन गर्न सर्वोच्च अदालतका...

थाकस उपत्यका अधिवेशनमा वक्ताले भने ‘पूर्व–पश्चिम मिलेर जाउ’

थाकस उपत्यका अधिवेशनमा वक्ताले भने ‘पूर्व–पश्चिम मिलेर जाउ’
काठमाडौं, भाद्र ११ गते । थारु कल्याणकारिणीसभा उपत्यका समितिको सातौं अधिवेशनको उद्घाटनसत्रमा बोल्ने वक्ताहरुले पूर्व पश्चिमका थारुलाई मिलाएर एकतावद्ध भएर अगाडि बढ्न सुझाव दिएका छन् । कार्यक्रममा पश्चिमा थारुको निकै न्यून उपस्थिति रहेको थियो । काठमाडौंको अनामनगरमा शनिबार भएको थाकस उपत्यका समितिको उद्घाटनसत्रमा बोल्दै वक्ताहरुले त्यस्तो सुझाव दिएका हुन् । आयोजक...

सोचेकाअनुसार मन्त्रालय नदिएकाले सरकारमा जाँदैनौंः गच्छदार

सोचेकाअनुसार मन्त्रालय नदिएकाले सरकारमा जाँदैनौंः गच्छदार
काठमाडौं, भाद्र १० गते । मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले मन्त्री नियुक्त हुन बाँकी मन्त्रालयहरु ‘आकर्षक’ नभएकाले अब अब सरकारमा सहभागी नहुने प्रष्ट पार्नुभएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारले आकर्षक मन्त्रालय विना सरकारमा जाँदा पार्टीको अपमान हुने बताउनुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चौथोपटक मन्त्रिपरिषद्...

न्यूनतम पारिश्रमिक दिन महासंघको माग, तीनजना पत्रकार पुरस्कृत

न्यूनतम पारिश्रमिक दिन महासंघको माग, तीनजना पत्रकार पुरस्कृत
काठमाडौं, भाद्र १० गते । नेपाल पत्रकार महासंघले सूचनाको हक प्रयोग गरेर समाचार लेख्ने चारजना उत्कृष्ट पत्रकारलाई शुक्रबार यहाँ पुरस्कृत गरेको छ ।  महासंघको केन्द्रीय कार्यालय सञ्चारग्राममा आयोजित एक कार्यक्रममा ५० जना समाचारमध्ये उत्कृष्ट चारजनालाई छानेर पुरस्कृत गरेको हो । सूचनाको हकलाई मुख्य विषय बनाएर महासंघले समाचार लेख्न लगाएको थियो...

श्रीकृष्ण जन्मष्टीलाई थारु समुदायमा अष्टिम्कीकोरुपमा भव्य मनाइँदै

श्रीकृष्ण जन्मष्टीलाई थारु समुदायमा अष्टिम्कीकोरुपमा भव्य मनाइँदै
काठमाडौं, भाद्र ९ गते । थारु समुदायमा श्रीकृष्ण जन्मष्टमीलाई अष्टिम्कीकोरुपमा धुमधामका साथ मनाइँदैछ । खासगरी यो पर्वलाई महिलाले व्रत बसेर मनाउने गरेपनि पुरुषले पनि व्रत बसेर यो पर्व मनाउने प्रचलन थारु समुदायमा छ । श्रीकृष्ण भगवानको जन्मस्मरणमा मनाइने यस पर्वलाई हिन्दू धर्मावलम्बीहरुले विशेष पर्वकोरुपमा मनाउँछन् । थारु समुदायमा श्रीकृष्णलाई कान्हा, कन्हैया...

आउने संशोधनको प्रस्ताव हेरेर सहयोग गर्ने नगर्ने तय हुन्छः एमाले

आउने संशोधनको प्रस्ताव हेरेर सहयोग गर्ने नगर्ने तय हुन्छः एमाले
काठमाडौं, भाद्र ८ गते । नेकपा (एमाले) ले संविधान संशोधन नेपालको आन्तरिक विषय भएपनि विदेशी भूमिमा गएर त्यस विषयमा छलफल गरिनु आपत्तिजनक भएको बताएको छ । ‘आन्तरिक विषयलाई बाहिर लैजानु अवाञ्छित बाह््य चासो निम्त्याउने त्रुटीपूर्ण काम हो’ एमालेले भनेको छ । पार्टी मुख्यालय धुम्बाराहीमा बुधबार पत्रकार सम्मेलन गरी एमालेले त्यस्तो आरोप...

टीकापुर पुरानै अवस्थामा फर्काउन स्थानीयबाट प्रयास भइरहेको छ

टीकापुर पुरानै अवस्थामा फर्काउन स्थानीयबाट प्रयास भइरहेको छ
टीकापुर, भाद्र ८ गते । एकवर्ष अघि भाद्र ७ गते भएको टीकापुर घटनापछि थारु र गैरथारुबीच बढेको मनमुतावलाई सामान्य बनाउन प्रयास सरकार र राजनीतिकदलबाट नभएपछि स्थानीयरुपमा अवस्था सामान्य बनाउने प्रयास भइरहेको छ । एक नाबालकसहित आठजना सुरक्षाकर्मीको ज्यान गएको टीकापुर हिंसात्मक घटना घटेको एकवर्ष पूरा भएको छ। गत भदौ ७ गते...

थारुमाथिको विभेदका कारण टीकापुर घटना घटेको होः लाहुर्निप

थारुमाथिको विभेदका कारण टीकापुर घटना घटेको होः लाहुर्निप
काठमाडौं, भाद्र ७ गते । गत भाद्र ७ गते भएको टीकापुर घटनाबारे आदिबासीहरुको मानवअधिकार सम्बन्धी वकिल समूह (लाहुर्निप) र सो घटनामा केन्द्रीत रही प्रकाशित संगालो पुस्तक मंगलबार काठमाडौंमा एकसाथ सार्वजनिक भएको छ । लाहुर्निपद्वारा आयोजित कार्यक्रममा समाजशास्त्री डा. कृष्ण भट्टचन, सांसद गोपाल दहितले संयुक्तरुपमा पुस्तक सार्वजनिक गर्नुभयो । प्रतिवेदनमा सो संस्थाले...

थारु समुदायले पहिचान र अधिकार माग्दा अपराधी कसरी भयो ?

थारु समुदायले पहिचान र अधिकार माग्दा अपराधी कसरी भयो ?
काठमाडौं, भाद्र ७ गते । पहिचान र अधिकारका लागि थारु समुदायको आन्दोलन केन्द्रीत भएकाले ढिलोचाँडो अधिकार प्राप्त गरेरै विश्राम लिने थारु अगुवाहरुले बताउनुभएको छ । नेपाल टेलीभिजनबाट प्रशारण हुने मतअभिमतको छायांकन कार्यक्रममा बोल्दै थारु अगुवाहरुले त्यस्तो बताउनुभयो । टीकापुर घटनापछि धेरै निर्दोष थारुलाई धरपकड प्रशासनले गरेपनि त्यसबाट थारुहरु डराएर नबस्ने बताउनुभयो...