थारु गुरही पर्व मनाइँदै, थारु समुदायमा किन मनाइन्छ गुरही (गुर्या) ?
लक्की चौधरी
काठमाडौं, साउन २२ गते । थारु समुदायको चाडको शुरुवातकोरुपमा लिइने गुरहीपर्व देशभर मनाउने तयारी गरिएको छ । नागपञ्चमीकै दिन यो पर्व मनाइने हुनाले आइतबार गुरहीलाई थारु समुदायले धुमधामकासाथ मनाउँदैछन् ।
थारु समुदायमा ‘गुरही’ मनाउनुको अर्थ, नाग बाबालाई पुजागर्दा विषालु सर्प घरमा नआउने, घरमा चट्याङ नपर्ने, आगलागी नहुने, दुःखको बज्रपात नपर्ने,...