सञ्चारसम्बद्ध विषय नीति तथा कार्यक्रममा नसमेटिएको गुनासो
काठमाडौं, वैशाख २७ गते । नेपाल पत्रकार महासंघले सञ्चारसँग सम्बद्ध महत्वपूर्ण विषयलाई नीति तथा कार्यक्रममा समावेश नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।
पत्रकारका क्षमता अभिबृद्धिका लागि राष्ट्रिय आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन, पत्रकारका स्वास्थ्य बीमा, निर्देशिकासमेत तयार भएको द्वन्द्वपीडित पत्रकार कल्याणकारी कोष सञ्चालन, जेष्ठ पत्रकार सम्मानवृत्ति लगायतका विषयलाई सरकारले प्राथमिकता नदिएको...