संघीय गठबन्धनको वृहत प्रदर्शन, थरुहट लिएर छाड्ने उदघोष
काठमाडौं, जेठ १ गते । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको संघीय गठबन्धनले काठमाडौंमा शनिबार बृहत प्रदर्शन गरेको छ। प्रदर्शनमा थरुहट पक्षधरले थरुहट प्रदेश लिएरै छाड्ने उद्घोष गरेका छन् ।
तत्कालीन राज्य पुनर्संरचना आयोगको प्रतिवेदनलाई बेवास्ता गरेर प्रदेशको सीमांकन गरी संविधान बनाइएको विरोधमा गठबन्धनले प्रदर्शन गरेको बताएको छ ।
गठबन्धनले शान्तिबाटिकाबाट भद्रकाली, सहिदगेट, सुन्धारा,...














