नेपालका थारु समुदायको अधिकार प्राप्तीमा भारतीय थारुले सघाउने
काठमाडौं, जेठ १७ गते । नेपाल र भारतका थारुबीच सहकार्य र सहयोगको आदानप्रदान गर्ने उद्देश्यसहित आयोजित दुई दिने अन्तर्राष्ट्रिय थारु सम्मेलन उत्तरप्रदेश भारतको बलरामपुर जिल्लामा आइतबार सम्पन्न भएको छ ।
थारु युवा नेता महावीर चौधरीले दिनुभएको जानकारीअनुसार सम्मेलन जेठ १५ र १६ गते आयोजना भएको थियो । सम्मेलनमा तराईका झापादेखि कञ्चनपुरका...













