किन बस्न सकेन नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक ?
काठमाडौं, माघ २१ गते । नेकपा (एमाले) को नवौं महाधिवेशन सम्पन्न भएको डेढवर्ष भैसक्दा समेत पार्टी कामलाई प्रभावकारी बनाउनेगरी गठन भएका पार्टीका आन्तरिक विभागहरुले पूर्णता नपाउँदा पार्टीको कामकाज लथालिङ्ग भएको पार्टीका नेताहरुको गुनासो छ ।
पार्टी अन्तर्गत ३२ वटा विभिन्न विभागहरु छन् । एउटा विभागमा बढीमा २५ जनासम्म सदस्य रहने व्यवस्था...














