राजनारायण प्रतिष्ठानले यसवर्ष भोजपुरी साहित्यकारलाई पुरस्कृत गर्ने
काठमाडौं, असार ४ गते । सरस्वती राजनारायण प्रतिष्ठानले प्रदान गर्दैआएको आनन्दीदेवी भाषा साहित्य पुरस्कार यस वर्ष (२०७३) भोजपुरी भाषा साहित्यका उत्कृष्ठ साहित्यकारलाई प्रदान गरिने भएको छ ।
प्रतिष्ठानका अध्यक्ष चन्देश्वरप्रसाद रौनियारको अध्यक्षतामा हालै राजधानीमा सम्पन्न पुरस्कार छनौट समितिको बैठकले भोजपुरी भाषा साहित्यका उत्कृष्ठ लेखक तथा साहित्यकारलाई पुरस्कृत गर्ने निर्णय गरेको हो...














