ब्यानर समाचार
विश्व आदिबासी दिवस देशभर मनाइँदै, काठमाडौंमा भव्य कार्यक्रम
लक्की चौधरी
काठमाडौं, साउन २४ गते । नेपाल आदिबासी जनजाति महासंघले २३ औं विश्व आदिबासी दिवस बुधबार काठमाडौंसहित देशभर भव्यताकासाथ मनाउँदैछ । काठमाडौंमा हुने विशेष कार्यक्रमको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्दै हुनुहुन्छ ।
संयु्क्त राष्ट्र संघले सन् १९९४ देखि अगष्ट ९ तारेखलाई विश्व आदिबासी दिवसकोरुपमा घोषणा गरेपछि विश्वभरका आदिबासी जनजातिले सो दिन...
थारु अधिकारकानिम्ति थारुबीच एकता अनिवार्यः थारु अगुवाहरु
कुलदिप चौधरी
सुनसरी, साउन २३ गते । थारु समुदायको हकअधिकारका निम्ति थारुबीचको एकता र सहकार्य अनिवार्य रहेको थारु अगुवाहरुले धारणा राखेका छन् ।
थारु महिला सभा सुनसरीको कार्यक्रममा बोल्दै उहाँहरुले त्यस्तो धारणा राख्नुभयो । सो अवसरमा सभाले शाखा विस्तार गर्न रामधुनि नगरपालिकाका विभन्नि स्थानमा नगर समिति गठन गरेको छ । थारु भाषा...
साहित्यमार्फत समाज परिवर्तन कर्नामे साहित्यकार हुक्रनके जोड
दुर्जन चौधरी
धनगढी, साउन २२ गते । साहित्यमार्फत थारु संस्कृतिहे बचैना ओ समाज परिवर्तन करकलाग साहित्यिक रचनाके वाचनसहित हिरगर साहित्यिक बगालके ३९ औँ भाग सम्पन्न हुइल बा ।
साहित्यसे फेन समाज परिवर्तन करे सेकजाइ कना उद्देश्यसहित हिरगरके नियमित मासिक साहित्यिक श्रृङ्खला कैगील हो । हिरगर साहित्यिक बगालके अध्यक्ष हिरालाल सत्गौवाके अध्यक्षतामे हुइल...
आन्दोलनका घाइते सन्जीत चौधरीको बेहाल, कोही वास्ता गरेन
कारी महतो
चित्तवन, साउन १९ गते । २०६५ सालको फागुन महिनामा देशैभरी थरुहट आन्दोलन उर्लियो । तत्कालीन सरकारले थारु समुदायलाई मधेसीको सूचीमा राखेको विरोधमा थारु समुदायले “हामी थारुहरु मधेसी होइन, हाम्रो छुुट्टै पहिचान छ” भन्दै सडक तताए । सोही आन्दोलनमा परी घाइते भएका सन्जीत चौधरीको भने बेहाल बाँकी छ ।
थारु समुदायको...
सरकारी जग्गा हडपेर बनेका संरचना भत्काउन लगाउँछुः मेयर चौधरी
धनबहादुर पुरी
इटहरी, साउन १८ गते । इटहरी उपमहानगरपालिकाका नवनिर्वाचित मेयर द्वारिकलाल चौधरी अहिले ऐलानी जग्गा हडपेर बनाइएका घर संरचना भत्काउने चेतावनी दिनुभएको छ । जग्गा माफियाहरुको जगजगी भएको भन्दै मेयर चौधरीले ऐलानी जग्गामा बनेका भौतिक संरचना भत्काउन निर्देशन दिनुभएको छ ।
इटहरी उपमहानगरपालिकामा १ हजार बिघाभन्दा बढी सरकारी ऐलानी जग्गा रहेको...
निर्वाचन क्षेत्र निर्धारण गर्दा भुगोललाई हेर्न सरोकारवालाको सुझाव
राम दहित
धनगढी, साउन १६ गते । निर्वाचन क्षेत्र निर्धारण गर्दा जनसंख्यालाई मात्र नभई भुगोललाई पनि हेर्नुपर्ने सुझाव सरोकारवालाहरुको छ ।
निर्वाचन क्षेत्र निर्धारण आयोगले प्रदेश नं. ७ मा क्षेत्र निर्धारणका लागि राय, सुझाव संकलनकोक्रममा सोमबार धनगढीमा आयोजित कार्यक्रममा सरोकारवालाहरुले तराईका जिल्लामा भूगोल सानो भएपनि जनसंख्या धेरै भएको र पहाडी जिल्लामा जनसंख्या...
कृषि विकासका लागि नयाँ योजना र कार्यक्रम ल्याउँदैछुः मन्त्री यादव
काठमाडौं, साउन १६ गते । कृषिमन्त्री रामकृष्ण यादवले अवको केही दिनमै कृषिसम्बन्धी नयाँ कार्ययोजना सार्वजनिक गर्ने तयारी गर्नुभएको छ ।
मन्त्री यादवले कृषि क्षेत्रलाई सवल, सुदृढ र उत्पादनमुखीबनाउन योजना तयार भइरहेको जानकारी दिनुभयो । ‘कृषिक्षेत्र राम्रो भयो भने मुलुकको आर्थिक क्षेत्रपनि सवल हुन्छ, भन्दै मन्त्री यादवले छिट्टै अल्पकालिन, मध्यकालिन र दीर्घकालिन...
नेपाल पत्रकार महासंघमा प्रेस चौतारीले नेतृत्वमा पुनः दावी गर्ने
धनगढी, साउन १६ गते । नेकपा (एमाले) निकट पत्रकारको संगठन प्रेस चौतारी नेपालले नेपाल पत्रकार महासंघको आगामी नेतृत्वका लागि देशव्यापी अभियान शुरु गरेको बताएको छ ।
प्रदेश नं. ७ को विस्तारित बैठकको आइतबार यहाँ आयोजना गर्दै चौतारीले त्यस्तो बताएको हो । यसअघि दुई कार्यकाल महासंघको नेतृत्व गरेको चौतारीले ठूलो संगठनको नाताले...
माघ ७ भित्र तीनै तहको निर्वाचन नभए संवैधानिक संकटः ओली
लक्की चौधरी
काठमाडौं, साउन १३ गते । पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्धारित समय अगामी माघ ७ भित्र तीनै तहको निर्वाचन सम्पन्न नभए संवैधानिक संकट आउने भन्दै प्रदेश र प्रतिनिधिसभाको निर्वाचन एकै चरणमा गर्न सकिने सुझाव दिनुभएको छ ।
चीनको स्वशासित क्षेत्र तिब्बतको साताव्यापी भ्रमण गरी शुक्रबार...














