भारतीय ज्यादति विरुद्ध उर्लिए नेपाली जनता, सीमा नाकामा तनाव
अविनाश चौधरी
धनगढी, फागुन २८ गते । नेपाली भूमी कब्जा गर्ने नियतकासाथ भारतीय सुरक्षाकर्मीले नेपाली नागरिकको गोली हानी हत्या गरेको घटनाका कारण कैलाली, कञ्चनपुरको नाकामा तनाव कायमै रहेको छ ।
घटना विरुद्ध कैलाली, कञ्चनपुरवासीद्वारा नाकामै व्यापक विरोध भएपछि नेपाल–भारत सीमानाका तनावग्रस्त बनेको हो । नेपाली भूमीमा भएको भारतीय हस्तक्षेपको विरुद्धमा नेपाली झण्डा...














