ब्यानर समाचार
थारु पत्रकार संघ कैलालीको अध्यक्षमा प्रेम चौधरी निर्वाचित
धनगढी, असार २१ गते । थारु पत्रकार संघ नेपालको कैलाली शाखाको अधिवेशन सोमबार सम्पन्न भएको छ । स्थानीय पहुरा थारू दैनिकका सम्पादक प्रेम चौधरीको अध्यक्षतामा ११ सदस्यीय सर्वसम्मत संघको नयाँ कार्यसमिति चयन गरिएको छ ।
संघको उपाध्यक्षमा सखी एफएमका स्टेसन म्यानेजर टिआर कठरिया, सचिवमा पहुरा दैनिकका पत्रकार दिनेश दहित, सहसचिवमा हरचाली...
विश्वकै मोटो बालक आर्याको तौल दश वर्षमा १९२ किलो कसरी भयो
एजेन्सी, इन्डोनेशियाको पश्चिमी जावा प्रान्तको एक दश वर्षीय बालक विश्वको सबैभन्दा मोटा भएको डेली मेलले जनाएको छ। १९२ किलो तौल भएका आर्या पेर्माना विश्वको सबैभन्दा मोटो व्यक्ति भएको खुलेको छ। आर्याले दिनमा पाँच पटक खाना खान्छन् र निकै मोटो भएकाले हिँड्न गाह्रो भए पनि स्कूल जान भने छोडेका छैनन्।
‘पेर्माना जन्मदा...
थारु विद्यार्थी समाजको केन्द्रीय अधिवेशन असोज १ र २ गते हुने
काठमाडौं, असार १९ गते । लामो समयदेखि विवादका कारण केन्द्रीय अधिवेशन सम्पन्न गर्न नसकेको थारु विद्यार्थी समाजको अधिवेशन आगामी असोज १ र २ गते गर्ने निर्णय समाजले गरेको छ । हालै सम्पन्न केन्द्रीय भेलाले अधिवेशन काठमाडौंमै गर्ने निर्णय गरेको हो ।
अधिवेशन तयारीका लागि केन्द्रीय अध्यक्ष रमेश चौधरीको संयोजकत्वमा महाधिवेशन मूल...
महिलाको नेतृत्वमा ‘सञ्चार विश्वविद्यालय नेपाल’ स्थापनाको पहल
काठमाडौं, असार १९ गते । कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेशन (सिजेएमसी) ले सञ्चार विश्वविद्यालय नेपाल स्थापनाका निम्ति पहल गरेको छ । सरकारले सञ्चालनको अनुमति दिएमा पत्रकारिता क्षेत्रमा पहिलो निजी विश्वविद्यालयको रुपमा यो स्थापित हुनेछ ।
कलेजकी सञ्चालक प्रन्सिपल डा. मञ्जु मिश्रले पत्रकारिता शिक्षामा आमुल तथा सामसामयिक परिवर्तनका निमित्त पत्रकारिताको एउटा...
विद्यालय जानभन्दा खोलामा बग्न रुचाउँछन मुसहर बालबालिका
अविनाश चौधरी
अमलटारी, असार १८ गते । बाह्र वर्षीय साहुल मुसहर शेरगञ्जमा रहेको श्री चण्डेश्वरी माविमा पढछन् । चार कक्षामा अध्ययनरत उनको पढाईमा रुचि भने त्यति छैन । जेठ अन्तिम साता विद्यालय सञ्चालन भइरहेको बेला उनी नजिकै रहेको वाण खोलामा ‘डाइभ’ हान्दै थिए ।
साहुलसंगै सोही विद्यालयमा अध्ययनरत उनका दौतरीहरु पनि खोलाको...
सरोकार मञ्चले सुदूरपश्चिमको विकासमा सामुहिक प्रयास गर्ने
काठमाडौं, असार १८ गते । सुदूरपश्चिमको सर्वाङ्गिण विकास गर्ने लक्ष्य लिएर दशवर्ष अघि स्थापित सुदूरपश्चिमाञ्चल सरोकार मञ्चले त्यहाँको विकासका लागि सामुहिक प्रयास गर्ने भएको छ ।
मञ्चले शनिबार यहाँ गरेको नवनिर्वाचित पदाधिकारी तथा सदस्यको स्वागत तथा निवर्तमान पदाधिकारी तथा सदस्यहरुको विदाई कार्यक्रममा वक्ताहरुले त्यस्तो बताउनुभएको हो । सुदूरपश्चिमको आर्थिक, सामाजिक, सांस्कृतिक,...
बर्खे झरीकैबीच छाता, लालटिन बोकेर थरुहट संघर्ष समिति सडकमा
काठमाडौं, असार १७ गते । थरुहट थारुवान संयुक्त संघर्ष समितिले थारुले उठाउँदै आएको माग सम्बोधनको दवाव दिंदै बर्खेझरीकै बीच लालटिन, छातासहित शुक्रबार काठमाडौंमा प्रदर्शन गरेको छ ।
नयाँ बानेश्वरस्थित संसद भवन अगाडि संघर्ष समितिले लालटिन बालेर, हातमा कालो पट्टि बाँधेर विरोध प्रदर्शन गरेको हो । पानी परेकाले विरोधकर्मीहरु छाता र रेनकोट...
थारु संघर्ष समितिले लालटीन बालेर सडकमै थारु अधिकार खोज्ने !
काठमाडौं, असार १५ गते । थारु समुदायले उठाउँदै आएको माग मुद्दाको सम्बोधनमा सरकार गम्भीर नबनेपछि थरुहट थारुवान संयुक्त संघर्ष समितिले दिउँसै लालटिन बालेर सडकमै अधिकार खोज्ने भएको छ ।
यसअघि गत आइतबार नयाँ बानेश्वरस्थित संसद भवन अगाडि लालटीन जुलुश प्रदर्शन गरेको संघर्ष समितिले आउने शुक्रबार पुनः सोही ठाउँमा लालटिन बालेर अधिकारको...
राष्ट्र निर्माणमा सबैको एकतावद्ध प्रयासको खाँचो छः प्रधानमन्त्री ओली
काठमाडौं, असार १५ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र निर्माण कार्यमा सबैको एकतावद्ध प्रयासको खाँचो रहेको बताउनुहुँदै सबैलाई एक ठाउँमा आउन आग्रह गर्नु भएको छ । उहाँले भावावेसमा नआउन दलका नेताहरुलाई आग्रह पनि गर्नुभयो ।
व्यवस्थापिका संसद बैठकलाई बुधबार सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले त्यस्तो आग्रह गर्नुहुँदै प्रतिपक्षीदललाई जिम्मेवार बन्न सुझाव...














