तराई मधेसको माग सम्बोधन गर्न दलका नेताहरु तयार

तराई मधेसको माग सम्बोधन गर्न दलका नेताहरु तयार
काठमाडौं, मंसिर ७ गते । नेकपा (एमाले) सहितका सत्तापक्षदल तथा प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेस सहितका दलका नेताहरु मधेसवादी दलका नेताहरुको परामर्शमा यसअघिको कांग्रेस नेतृत्वको सरकारले दर्ता गरेको संशोधन प्रस्ताव अगाडि बढाउने निर्णय गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार विहान बसेको दलको संयुक्त बैठकले त्यस्तो निर्णय गर्दै बैठकले व्यवस्थापिका संसदमा...

नयाँ संविधानले कसैप्रति भेदभाव गरेको छैनः प्रधानमन्त्री ओली

नयाँ संविधानले कसैप्रति भेदभाव गरेको छैनः प्रधानमन्त्री ओली
काठमाडौं, मंसिर ७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ संविधानले कुनै समुदायलाई भेदभाव नगरेको तर संविधानबारे गलत प्रचारले समस्या निम्त्याएको बताउनुभएको छ । गैरसरकारी संस्था महासंघ नेपालको आठौं महाधिवेशन तथा राष्ट्रिय नागरिक सम्मेलनको सोमबार यहाँ उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले त्यस्तो बताउनुभयो । “यो संविधानले सबैलाई सम्मान गरेको छ, केहीले संविधानबारे...

साझा अवधारणा बनाएर समस्या समाधानको पहल सरकारले गर्ने

साझा अवधारणा बनाएर समस्या समाधानको पहल सरकारले गर्ने
काठमाडौं, मंसिर ६ गते । देशको विद्यमान समस्या समाधानका लागि व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने सबै दलसँग परामर्श गरी साझा सहमतिका आधारमा समाधान खोज्ने सहमति दलका नेताहरुबीच भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार रातीसम्म भएको प्रतिपक्षीदल नेपाली कांग्रेससहित सत्तापक्ष दलका नेताहरुको संयुक्त बैठकले त्यस्तो सहमति गरेको हो । अहिलेको समस्या...

मधेस तराईको समस्या समाधान गर्न प्रमुख दल तयार

काठमाडौँ, मङ्सिर ५ गते । सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल तराई मधेसमा देखिएको समस्या समाधान गर्न परिणाममुखी वार्ता गर्ने निर्णय गरेका छन् । सिंहदरबारमा शनिबार भएको छलफलमा तराई मधेसमा आन्दोलनरत मधेसी मोर्चासँग सकारात्मक र परिणाममुखी वार्ता गर्नुपर्ने र मुलुकले भोग्नु परेको समस्यालाई समाधान गर्न सबै दल एकमत भएका हुन् । नेपाली...

नेपालको घरमा मधेसी मोर्चाका कार्यकर्ताले गरे तोडफोड

नेपालको घरमा मधेसी मोर्चाका कार्यकर्ताले गरे तोडफोड
काठमाडौं, मंसिर ४ गते । पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालको रौतहटको गौरस्थित घरमा मधेसी मोर्चा सम्बद्ध व्यक्तिबाट शुक्रबार भएको आक्रमण र तोडफोडको सो पार्टीले गम्भीर आपत्ति जनाएको छ । पूर्व प्रधानमन्त्री नेपालको घरमा शुक्रबार दिउँसो गौर नगरपालिका ३, स्थित पुख्र्यौलीघरमा आन्दोलनका क्रममा मोर्चा सम्बद्ध कार्यकर्ताले घरमा...

सञ्चारनीति अब संघीय संरचनाअनुसारः सञ्चारमन्त्री राई

सञ्चारनीति अब संघीय संरचनाअनुसारः सञ्चारमन्त्री राई
काठमाडौं, मंसिर ३ गते । सूचना तथा सञ्चार प्रविधिमन्त्री शेरधन राईले विद्यमान सञ्चार नीतिलाई समयानुकूल परिमार्जन गर्न आवश्यक रहेको बताउनु भएको छ । सञ्चार मन्त्रालय सिंहदरवारस्थित मन्त्रालयको कार्यकक्षमा विहिबार पत्रकार महासंघको केन्द्रीय प्रतिनिधिहरुसँगको छलफलका क्रममा मन्त्री राईले त्यस्तो बताउनु हुँदै मन्त्रालयका सचिवसहित मातहतको कर्मचारीलाई निर्देशन दिइसकिएको बताउनुभयो । “सञ्चार सचिवसहित मातहतका...

सरकार नयाँ ढंगबाट अगाडि बढ्छः सञ्चारमन्त्री राई

सरकार नयाँ ढंगबाट अगाडि बढ्छः सञ्चारमन्त्री राई
काठमाडौं, मंसिर २ गते । सूचना तथा सञ्चार प्रविधिमन्त्री शेरधन राईले नयाँ संविधानको जगमा वर्तमान सरकार गठन भएकाले मुलुक विकास र समृद्धिको नयाँ बाटोबाट अगाडि बढ्ने बताउनुभएको छ । प्रेस चौतारी नेपालको स्वागत तथा बधाई कार्यक्रममा बुधबार यहाँ बोल्नुहुँदै मन्त्री राईले त्यस्तो बताउनुहुँदै मुलुक हिजोको अवस्थाबाट अगाडि बढ्न नसक्ने प्रष्ट पार्नुभयो...

नाकाबन्दीले जनताको भावनाको अवमूल्यनः प्रधानमन्त्री ओली

नाकाबन्दीले जनताको भावनाको अवमूल्यनः प्रधानमन्त्री ओली
हमार पहुरा काठमाडौं, कात्तिक २९ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा आइतबार साँझ सम्बोधन गर्नुभएको छ । प्रधानमन्त्रीमा निर्वाचित भएको एक महिना ५ दिनमा ओलीले विद्यमान समस्याबारे औपचारिक सम्बोधन गर्नुभएको हो । सम्बोधनमा उहाँले दक्षिणको छिमेकीले नाकाबन्दीगरी दुवै देशको जनताको भावनाको गम्भीर अबमूल्यन गरेको आरोप लगाउनुभयो । आदरणीय दिदीबहिनी तथा...

इन्धन अभावमा दाउराको जोहो

इन्धन अभावमा दाउराको जोहो
हमार पहुरा काठमाडौं, कात्तिक २९ गते । भारतीय नाकाबन्दीले काठमाडौंसहित मुलुकभर इन्धन अभाव भएपछि सरकारले आइतबारदेखि काठमाडौंमा दाउरा वितरण शुरु गरेको छ । भारतको नाकाबन्दीका कारण खाना पकाउने ग्यासको आपूर्ति रोकिएपछि विकल्पमा सरकारले दाउरा वितरण गरेको हो। सरकारी स्वामित्वको टिम्बर कर्पोरेसन लिमिटेड- टिसिएन ले काठमाडौंको पशुपति आर्यघाटको डिपो र ललितपुरको बालकुमारी डिपोबाट दाउरा वितरण...

पेरिस घटनाले विश्व हल्लियो

पेरिस घटनाले विश्व हल्लियो
हमार पहुरा काठमाडौं, कात्तिक २९ गते । फ्रान्समा सयभन्दा बढीको ज्यान जाने गरी नागरिकको हत्या भएपछि यसको जिम्मा इस्लामिक स्टेट (आइएस) ले लिएको समाचार आइरहेको छ । सामाजिक सञ्जालहरुमा आइएसका समर्थकले पेरिस हमलाबारे खुशीयाली मनाइरहेका छन् । पेरिस हमलापछि ‘आइएस’ के हो र यसको नेतृत्व कसले गरिरहेको छ भन्नेबारे विश्वभरमा मानिसमा एकाएक...