जनकपुरमा राष्ट्रपतिमाथिको व्यवहार उद्दण्डः प्रधानमन्त्री

काठमाडौँ, पुस ५ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले विवाहपञ्चमीका अवसरमा जनकपुर भ्रमणमा जानुभएकी राष्ट्रपति विद्यादेवी भण्डारीमाथि गरिएको व्यवहार उद्दण्ड भएको बताउनुभएको छ । नेकपा (एमाले) प्रदेश नं ४ ले आज केन्द्रीय कार्यालय धूम्बराहीमा आयोजना गरेको कार्यक्रममा पार्टी अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले प्रदेशको विकास निर्माणका लागि मुस्ताङको कोरला नाका खोलिनुपर्ने माग...

थरुहट संघर्ष समितिले मेची–महाकाली जनजागरण कार्यक्रम गर्ने

थरुहट संघर्ष समितिले मेची–महाकाली जनजागरण कार्यक्रम गर्ने
लक्की चौधरी काठमाडौं, मंसिर २५ गते । थरुहट÷थारुवान संयुक्त संघर्ष समितिले थारुको जनचेतनाका लागि मेची–महाकाली जनजागरण अभियान सञ्चालन गर्ने निर्णय भएको छ । संघर्ष समितिले पुस १ गते सुनसरी, झापा, मोरङ र सुनसरी, पुस ३ गते बारा, पर्सा र रौतहट, पुस ५ गते चित्तवन, नवलपरासी र रुपन्देही, पुस ६ गते कपिलवस्तु, दाङ,...

सरकार र मोर्चाबीचको वार्ता सहमतिमा पुग्न सकेन

सरकार र मोर्चाबीचको वार्ता सहमतिमा पुग्न सकेन
काठमाडौं, मंसिर २५ गते । सरकार र संयुक्त मधेसी मोर्चा सम्बद्ध दलका नेताहरुबीच भएको दुई पक्षीय वार्तामा सिमाङ्कनका विषयमा कुरा मिल्न नसकेपछि वार्ता सहमतिमा पुग्न सकेन । मोर्चाले प्याकेजमै सहमतिसहित सिमाङ्कनको विषयलाई पहिलो चरणमा टुंग्याउनुपर्ने शर्त बैठकमा राखेपछि सहमति बन्न नसकेको हो । सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा शुक्रबार दिउँसो करिब दुईघण्टा बसेको...

पुनरनिर्माण प्राधिकरण विधेयक पारित हुँदासम्म मोर्चाले संसद अवरुद्ध नगर्ने

काठमाडौं, मंसिर २४ गते । प्रमुख तीनदलको बैठकमा मधेसी मोर्चाका नेताहरुले पुनरनिर्माण प्राधिकरण विधेयकलाई पारित गराउनमा सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएपछि प्रमुख तीनदल र मोर्चाबीचको वार्ता सकारात्मक बनेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहिबार करिब आधाघण्टा बसेको बैठकमा मोर्चा सम्बद्ध दलका नेताहरुले भूकम्प पीडितको पुनस्र्थापनाका लागि सरकारद्वारा तयार गरिएको प्राधिकरण विधेयक...

संविधानद्वारा सुनिश्चित् अधिकार उपलब्ध गर्न दृढ संकल्पितः प्रम

संविधानद्वारा सुनिश्चित् अधिकार उपलब्ध गर्न दृढ संकल्पितः प्रम
काठमाडौं, मंसिर २४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनतालाई महशुस हुनेगरी संविधानद्वारा सुनिश्चित् अधिकार उपलब्ध गराउन सरकार दृढ संकल्पित रहेको बताउनुभएको छ । मानवअधिकार दिवस (डिसेम्बर १०) को उपलक्ष्यमा विहिबार सन्देश दिनुहुँदै प्रधानमन्त्री ओलीले त्यस्तो बताउनुभएको हो । मानवअधिकारको आधारस्तम्भकोरुपमा रहेको लोकतन्त्र र सुशासनलाई संस्थागत गर्न मानवअधिकारलाई आफ्नो सम्पूर्ण...

भूकम्पपीडित महिलाको बेचविखनको घटना बढ्यो

भूकम्पपीडित महिलाको बेचविखनको घटना बढ्यो
काठमाडौं, मंसिर २१ गते । भूकम्प पीडित महिलाको बेखविखन तिब्ररुपमा भइरहेको भन्दै सरोकारवाला निकायका प्रतिनिधिले सरकारलाई सचेत हुन आग्रह गरेका छन् । भूकम्पकाकारण उठिबास भएका बेला विवाह गर्ने र जागीर लगाइदिने प्रलोभनमा पारी महिलाहरुको बेचविखन भइरहेको उहाँहरुको दावी छ । मानव बेचविखन न्यूनिकरण तथा महिला माथिहुने हिंसा न्यूनिकरणमा सञ्चारकर्मीको भूमिका विषयक...

आठबुँदे घोषणापत्र जारीगर्दै राष्ट्रिय थारु यूवा भेला सम्पन्न

काठमाडौं, मंसिर २० गते । मंसिर १८ देखि २० गतेसम्म दाङ्को चखौरामा आयोजित तीन दिने राष्ट्रिय थारु यूवा भेला आठबुँदे दाङ् घोषणापत्र जारीगर्दै आइतबार समापन भएको छ । भेलाले थारु युवा स्वयम्सेवक दस्ता समेत बनाएको छ । थारु समुदायको साझा मुद्दा र सवालमा सबै राजनीतिक दलमा रहेका थारुहरुलाई गोलबद्ध बनाउन र...

नयाँ संविधानको एक महिने प्रचार अभियान सोमबार बाट

नयाँ संविधानको एक महिने प्रचार अभियान सोमबार बाट
काठमाडौँ, मङ्सिर २० गते। सरकारले नेपालको संविधानका विषयमा जनतालाई सुसूचित गर्न तथा संविधानबारे उठाइएका अनेकौँ अनावश्यक टीकाटिप्पणीलाई चिर्न सोमबारदेखि मुलुकभर राष्ट्रिय अभियान सञ्चालन गर्न लागेको छ । ‘नेपालको संविधान–जनताको संविधान’, ‘जनताको संविधानः जनताकै माझमा’ नारा दिइएको उक्त राष्ट्रिय अभियान ७५ वटै जिल्ला सदरमुकाम, २१७ नगरपालिका र तीन हजार १५७ गाविसका केन्द्रमा...

थारु युवाले नेतृत्वकर्तालाई भने ‘थारु एकता कायम गर’

थारु युवाले नेतृत्वकर्तालाई भने ‘थारु एकता कायम गर’
चखौरा दाङ, मंसिर १९ गते । दाङ्को चखौरामा शुक्रबारदेखि जारी थारु राष्ट्रिय युवा भेलामा थारु युवाहरुले थारुको एकताको आवाज उठाएका छन् । आइतबार समापन हुने भेलाको दोस्रो दिन शनिबार धारणा राख्ने अधिकांश युवाहरुले आन्दोलनलाई एकतावद्ध बनाएर अघि बढाउन नेतृत्वलाई सुझाव दिएका छन् । उपत्यकासहित चित्तवन पश्चिमबाट करिब एकसयको हाराहारीमा युवाहरुको भेलामा...

राजनीतिक समिति मार्फत् सिमाङ्कन टुंगो लगाउने एमालेको निर्णय

राजनीतिक समिति मार्फत् सिमाङ्कन टुंगो लगाउने एमालेको निर्णय
              काठमाडौं, मंसिर १८ गते । नेकपा (एमाले) ले आन्दोलनरत मधेसी मोर्चाले उठाएको सिमाङ्कनको समस्या समाधानका लागि सर्वदलीय राजनीति समिति निर्माण गरी अगाडि बढ्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा शुक्रबार दिउँसो बसेको बैठकमा त्यस्तो निर्णय गर्दै एमालेले यसअघिको नेपाली कांग्रेस नेतृत्वको सरकारले दर्तागरेको संशोधन विधेयक...