थारुलाई न्यून पदक ! के थारुहरु मानपदवी पदक पाउन सक्षम छैनन् ?

थारुलाई न्यून पदक ! के थारुहरु मानपदवी पदक पाउन सक्षम छैनन् ?
काठमाडौं, असोज ४ गते । चौथो संविधान दिवसको अवसरमा गृहमन्त्रालयले विभिन्न क्षेत्रमा योगदान दिएकाहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट मानपदवी, पदक र अलङ्कार प्रदान गर्ने व्यक्तिहरुको नाम सार्वजनिक गरेको छ । गृहमन्त्रालयले बुधबार सार्वजनिक गरेको सूचनामा तीनजना मात्र थारु पदवी प्राप्त गर्ने सूचीमा समेटिएका छन् । विभिन्न क्षेत्रका गरी ५०७ जना मध्ये...

नेकपाकी सचेतक शान्ता चौधरी किन भइन् एकाएक टु्ँडीखेलमै वेहास्

नेकपाकी सचेतक शान्ता चौधरी किन भइन् एकाएक टु्ँडीखेलमै वेहास्
काठमाडौँ, असोज ३ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की संसदीय दलकी सचेतक शान्ता चौधरी संविधान दिवसको अवसरमा काठमाडौँको टुँडिखेलमा आयोजित विशेष कार्यक्रममै एकाएक बेहोस भएपछि उपस्थित अन्य पाहुनाहरु आत्तिएका थिए । चौथो संविधान दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा सहभागी हुन टुँडिखेल पुग्नुभएकी नेकपा नेत्री तथा सांसद चौधरी बेहोस भएर ढलेपछि...

संविधान दिवसको अवसरमा थारु कलाकारको प्रभातफेरि

संविधान दिवसको अवसरमा थारु कलाकारको प्रभातफेरि
भगतराम थारु नेपालगन्ज, असोज ०३ गते । संविधान जारी भएको तीन वर्ष पुरा भएको अवसरमा आज कोहलपुरमा थारु कलाकारहरुले प्रभातफेरि निकालेका छन् । राष्ट्रिय थारु कलाकार मंचले पनि प्रभातफेरि निकालेर दिवस मनाएका छन् । थारु कलाकारहरुको सहभागिता र सम्मान भन्ने मुल नाराकासाथ निकालिएको प्रभातफेरि कोहलपुरको न्युरोड हुदै कोहलपुर चौराहामा पुगेर कोणसभामा परिणत...

संविधान संशोधन नहुँदासम्म संविधान दिवस मनाउँदैनौंः राजपा नेता महतो

संविधान संशोधन नहुँदासम्म संविधान दिवस मनाउँदैनौंः राजपा नेता महतो
भगतराम थारु नेपालगन्ज, असोज ०२ गते । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले आफूहरुले उठाएको मागअनुसार संविधान संशोधन नहुँदासम्म दिवस मनाउन नसकिने बताउनुभएको छ । दुई तिहाईको सरकारले संविधान संशोधनमा चासो नदिएको उहाँले आरोप लगाउनुभयो । मंगलवार नेपालगन्जमा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता महतोले त्यस्तो बताउनुभयो । नेता महतोले...

प्रधानमन्त्री ओली शनिबार अमेरिका जाने, थाकसको उदघाटन देउवाले गर्ने !

प्रधानमन्त्री ओली शनिबार अमेरिका जाने, थाकसको उदघाटन देउवाले गर्ने !
काठमाडौं, असोज २ गते । प्रधानमन्त्री केपी शर्मा ओली संयु्क्त राष्ट्र संघको ७३ औं महासभा बैठकमा भागलिन ६ गते शनिबार अमेरिकाको न्यूयोर्क प्रस्थान गर्ने हुनुभएको छ । प्रधानमन्त्री ओली अमेरिका जाने हुनुभएपछि थाकस महाधिवेशनको उदघाटन प्रतिपक्षीदलका नेता शेरबहादुर देउवाबाट गराउने कसरत पदाधिकारीहरुले गरिरहनुभएको बुझिएको छ । महासभाको उच्चस्तरीय सम्बोधन सत्रमा भाग...

विधान विपरित काम गरेको भन्दै अध्यक्ष शेर्पा महासंघबाट बर्खास्त

विधान विपरित काम गरेको भन्दै अध्यक्ष शेर्पा महासंघबाट बर्खास्त
आर.एन. चौधरी मलेसिया, असोज १ गते । नेपाल् आदिवासी जनजाती महासंघ राष्ट्रिय समन्वय समिती मलेसियाले अध्यक्ष फूपू तेम्बा शेर्पालाई पदबाट बर्खास्त गरेको छ । आइतबार क्वालालम्पुरमा बसेको सचिवालय समितीको बैठकले केन्द्रिय अध्यक्ष शेर्पा पिनासा (पिटि) लाई पद र संस्थाबाट निलम्बन गर्ने निर्णय गरेको हो । केही दिन अघिदेखि विभिन्न विवादमा शेर्पाको नाम मुसछदै...

आज थारु समुदायले अत्वारी पर्व मनाउँदै, प्रदेश ७ मा सार्वजनिक विदा

आज थारु समुदायले अत्वारी पर्व मनाउँदै, प्रदेश ७ मा सार्वजनिक विदा
धनगढी, भदौ ३१ गते । थारु समुदायको मौलिक पहिचान बोकेको अत्वारी पर्व पश्चिम तराईका थारु समुदायले आइतबार व्रत बसी मनाइरहेका छन् । थारु समुदायको अत्वारी पर्वको अवसरमा प्रदेश ७ ले आइतबार सार्वजनिक विदा दिएको छ । पहिलो पटक सार्वजनिक विदा पाएका थारु समुदायले प्रदेश ७ सरकारप्रति विज्ञप्ती जारी गर्दै धन्यवाद र स्वागत...

थाकस अध्यक्षमा मेरो उम्मेदवारी यसकारणः अध्यक्षका प्रत्यासी लेखी

थाकस अध्यक्षमा मेरो उम्मेदवारी यसकारणः अध्यक्षका प्रत्यासी लेखी
काठमाडौं, भदौ ३० गते । असोज ७ देखि ९ गतेसम्म काठमाडौंमा हुन गइरहेको थारु कल्याणकारिणीसभाको २२ औं अधिवेशनमा आफ्नो उम्मेदवारी पदकालागि नभई थारु समुदायको उत्थानका लागि भएको नेता राजकुमार लेखीले दावी गर्नुभएको छ । थारु पत्रकार संघ नेपालका केही पदाधिकारी तथा अन्य पत्रकारसँग शनिबार कुराकानी गर्दै अध्यक्षका प्रत्यासी लेखीले त्यस्तो दावी...

थाकस कैलाली जिल्ला सभापतिमा पुनः लाहुराम चौधरी

थाकस कैलाली जिल्ला सभापतिमा पुनः लाहुराम चौधरी
धनगढी, भदौ ३० गते । थारु कल्याणकारिणी सभा (थाकस) कैलालीको सभापतिमा पुनः लाहुराम चौधरी सर्वसम्मत निर्वाचित हुनुभएको छ । धनगढीमा शनिबार भएको आठौं जिल्ला अधिवेशनले चौधरीलाई पुनः तीन वर्षकालागि सभापति चयन गरेको हो । चौधरी टीकापुर घटनाको अभियोगमा पुर्वपक्षका लागि धनगढी कारागारमा छन् । २०७२ भदौ ७ गते टीकापुर घटना घटेकाबेला चौधरीले...

थारु अट्वारी पर्वः एक चर्चा

थारु अट्वारी पर्वः एक चर्चा
थारु समूदायको अट्वारी पर्व भाद्र महिनाको शुक्ल पक्षको तीज पछिको पहिलो आईतबार मनाईने पर्व हो । यो पर्व एक दिन मात्र मनाइन्छ । यो पर्वको आगमनसंगै तेल पेलाउने, पिठो पिसाउने काम दुई चार दिनदेखि नै शुरु भएसकेको हुन्छ । अट्वारी पर्वको पहिलो रात दर खाने नाममा भात, माछा चोखो तरीकाले...