पत्रकार लक्की चौधरीलाई सत्यनारायणबहादुर प्रेस स्वतन्त्रता सेनानी सम्मान
हमार पहुरा डट कम
ललितपुर, पुस १३ गते । यस वर्षको ‘सत्यनारायणबहादुर श्रेष्ठ प्रेस स्वतन्त्रता सेनानी सम्मान २०८०’ बाट गोरखापत्रका उपसम्पादक लक्की चौधरी सम्मानित हुनुभएको छ । नेवा : पत्रकार राष्ट्रिय दबूले श्रेष्ठको १०८ औं जन्म दिवसको अवसरमा आज उहाँलाई सम्मानित गरेको हो ।
कार्यक्रममा दबूले नगद २५ हजार रुपियाँ र सम्मानपत्रले...














