मुक्त कमलरीलाई शैक्षिक सामग्रीसहित छात्रबृत्ति वितरण
दाङ, चैत ४ गते । नेपाल आदिवासी जनजाति महासङ्घ केन्द्रीय समितिले दाङको देउखुरीस्थित वाल जनता उच्च माध्यमिक विद्यालयमा अध्ययनरत मुक्त कम्लरी बालिकालाई बुधवार दुई लाख रुपैयाँको शैक्षिक सामग्री र छात्रवृत्ति सहयोग प्रदान गरेको छ ।
३८ जना मुक्त कम्लरीलाई एक, एक थान विद्यालय पोसाक र झोला प्रदान गरिएको महासंघले बताएको छ...