सोह्र वर्षपुग्न लाग्यो, मुक्तकमैयाहरु अझै परिचयपत्र पाएनन्

सोह्र वर्षपुग्न लाग्यो, मुक्तकमैयाहरु अझै परिचयपत्र पाएनन्
काठमाडौं, चैत ३० गते । सरकारले मुक्त घोषणा गरेको सोह्रवर्ष पूरा हुनैलाग्दा समेत मुक्त कमैयाहरुले अझै परिचयपत्र पाउन सकेनन् । परिचयपत्रको अभावमा पुनस्र्थापनाको कामसमेत प्रभावित भएको मुक्त कमैयाहरुको दुःखेसो छ । तत्कालिन सरकारले २०५७ साउन २ गते कमैयालाई दासदासी जीवनबाट मुक्त घोषणा गरेको थियो । जमिन्दार र मालिकको घरमा दासदासी जीवन...

अखिल नेपाल किसान महासंघमा तीनजना थारु निर्वाचित

अखिल नेपाल किसान महासंघमा तीनजना थारु निर्वाचित
काठमाडौं, चैत २९ गते । नेकपा (एमाले) को भातृसंगठन अखिल नेपाल किसान महासंघमा तीनजना थारुको प्रतिनिधित्व भएको छ । थारु समुदाय प्रायः किसान नै किसान भएपनि संगठनमा प्रतिनिधित्व कमजोर देखिएको छ । महासंघको काठमाडौंमा चैत २६ देखि २९ सम्म भएको छैठौं महासम्मेलनबाट बामदेव गौतमको अध्यक्षतामा पुनः नयाँ कार्यसमिति गठन गरेको छ...

हातपात भएको भन्दै अध्यक्ष थारुले आफै निकाले विज्ञप्ती

हातपात भएको भन्दै अध्यक्ष थारुले आफै निकाले विज्ञप्ती
काठमाडौं, चैत २८ गते । थारु विद्यार्थी समाज उपत्यका समितिका अध्यक्ष ओमनारायण महतो थारुले गत शनिबार आफूमाथि भएको हातपातको विज्ञप्तीमार्फत् भत्र्सना गर्नुभएको छ । हातपात गर्नेको पहिचान गरी कारवाही गर्न निर्वाचनमण्डलसँग थारुको माग छ । समाजको तर्फबाट आइतबार विज्ञप्ती जारी गर्दै अध्यक्ष थारुले विद्यार्थीको नाउँमा गुण्डागर्दी गर्ने, आपराधिक मानसिकता भएका गलत...

थारु विद्यार्थीमा कुटाकुट भएपछि बन्दसत्र पुनः सोमबार

थारु विद्यार्थीमा कुटाकुट भएपछि बन्दसत्र पुनः सोमबार
काठमाडौं, चैत २८ गते । थारु विद्यार्थी समाज उपत्यका समितिको शनिबार बोलाइएको छैठौं अधिवेशनमा एकापसमै कुटाकुट भई बबाल भएपछि बन्दसत्र सोमबार पुनः हुँदैछ । उपत्यका समितिका अध्यक्ष ओम थारुले साँझ ८ बजेतिर आफूमाथि एक समूहले हातपात गरेपछि बन्दसत्र सम्पन्न हुन नसकेको बताउनुभयो । “अँध्यारोमा अकस्मात म माथि हातपात भयो, हातपात गर्ने...

मधेसी रिलिफ फण्डको सहयोगमा कैदीलाई झुल वितरण

मधेसी रिलिफ फण्डको सहयोगमा कैदीलाई झुल वितरण
धनगढी, चैत २५ गते । टीकापुर घटना घटाएको अभियोगमा जेल सजाय भोगिरहेकाहरुलाई झुल वितरण गरिएको छ । गर्मीयाम शुरुभएसँगै कारागारभित्र मच्छर बढ्न थालेपछि झुल वितरण गरिएको हो । मधेसी रिलिफ फण्ड (एमआरएफ) ले थारू नागरिक समाज कैलालीमार्फत थारु कैदीहरुलाई विहिबार झुल वितरण गरेको छ । गत भाद्र ७ गते टीकापुरमा भएको...

थारुगाउँ होमस्टेमा स्थानीय र बाह्य पर्यटकको बढ्यो आकर्षण

थारुगाउँ होमस्टेमा स्थानीय र बाह्य पर्यटकको बढ्यो आकर्षण
कपिलबस्तु, चैत २४ गते । चराको ‘स्वर्ग’ मानिने जगदीशपुर ताल छेउ पर्यटक बसाउन होमस्टे सञ्चालनमा ल्याइएको छ । पर्यटक आकर्षित गर्न निग्लिहवा १ स्थित थारू समुदायका घरमा सञ्चालन गरिएको हो । गाउँका ४० मध्ये १० जनाले यस्तो व्यवस्था गरेका हुन् । अहिले घरमा उपलब्ध साधन स्रोतलाई उपयोग गरेर सञ्चालन गरिएको छ...

एसएलसी दिने विद्यार्थी बोकेको स्कूल भ्यान दुर्घटनामा

एसएलसी दिने विद्यार्थी बोकेको स्कूल भ्यान दुर्घटनामा
तुलसीपुर, चैत २३ गते । एसएलसी परीक्षा दिन जाँदै गरेका विद्यार्थी चढेको स्कुल बस मंगलबार विहान दुर्घटनामा परेको छ। दुर्घटनामा सामान्य घाइते भएका पाँचजना विद्यार्थी प्राथमिक उपचारपछि परीक्षामा सामेल भएका छन् । विद्यार्थी चढेको बा २ ख ९४१४ नम्बरको बस तुलसीपुर–१५ पर्सेनीमा रोकिराखेको लु १ त ७९९३ नम्बरको ट्याक्टरमा विहान ठोकिँदा...

दशवटा अस्पतालमा सिकलसेलका विरामीको उपचार गरिने

दशवटा अस्पतालमा सिकलसेलका विरामीको उपचार गरिने
काठमाडौँ, चैत २२ गते । पश्चिम तराईका थारुजातीमा देखिदै आएको सिक्कलसेल एनिमिया रोगको उपचार गर्नेगरी १० वटा अस्पताल सूचिकृत भएका छन् । ती अस्पतालमा उपचार गर्न जाने विपन्न नागरिकले एक लाख रुपियाँ बराबरको उपचार निशुल्क प्राप्त गर्नेछन् । सरकारले विपन्न नागरिक औषधि उपचारकोष मार्फत सिक्कलसेल ऐनिमिया रोगको उपचारका लागि एक लाख...

जनावर मार्न आफैले थापेको पासोमा परी रानाको मृत्यु

जनावर मार्न आफैले थापेको पासोमा परी रानाको मृत्यु
कञ्चनपुर, चैत २१ गते । जङ्गली जनावर मार्न पासो थापेका वेदकोट नगरपालिका–१ चम्फापुरका रोना रानाकोे आफैले थापेको पासोमा परी आइतबार बिहान करेन्ट लागेर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार चम्फापुरस्थित शुक्लाफाँटा वन्यजन्तु आरक्ष किनारमा स्थानीयवासीको खेतमा छाडेको बिजुलीको करेन्टसहितको पासोमा परी रानाको मृत्यु भएको हो । स्थानीयवासीले ५० वर्षीया...

बाहिर प्रचार गरिएकोजस्तो नयाँ संविधान उत्कृष्ट छैनः थारु नेताहरु

बाहिर प्रचार गरिएकोजस्तो नयाँ संविधान उत्कृष्ट छैनः थारु नेताहरु
काठमाडौं, चैत २० गते । थारु नेताहरुले नयाँ संविधान कुनै हालतमा थारुको पक्षमा नरहेकाले संशोधन गर्दै जानुपर्ने माग राख्नुभयो । नयाँ संविधान भनिएजस्तो उत्कृष्ट नरहेको उहाँहरुको दावी छ । थारु पत्रकार संघ, नेपाल र हमार पहुरा डटकमको संयुक्त आयोजनामा शनिबार यहाँ आयोजित कार्यक्रममा थारु नेताहरुले त्यस्तो बताउनुभयो । नयाँ संविधानलाई विश्वकै...