रानाथारु बाबुछोरी सँगसँगै प्रवेशीका परीक्षामा सहभागी
कञ्चनपुर, चैत १९ गते । कञ्चनपुरको देखतभूली–३ सिगलपट्टिका बुबाछोरी एउटै परीक्षा केन्द्रमा सँगै प्रवेशिका परीक्षामा सहभागी भएका छन् । दुवैजना ले परीक्षा उत्तीर्ण गर्ने तयारी गरेको बताएका छन् ।
शिव शक्ति माध्यमिक विद्यालय कालागौँडीमा अध्ययनरत ४० वर्षीय गङ्गाराम रानाथारु र उहाँकी १७ वर्षीया छोरी उर्मिला रानाथारुले राष्ट्रिय उच्च माध्यमिक विद्यालय पिपलाडीमा...













