तरकारी खेतीले परिवारको गुजारा गर्दै थारु महिलाहरु
विकाश पराजुली
बुटवल, चैत ३ गते । रुपन्देही सालझण्डीकी जमुना थारु विहान सबेरै टोकरीमा तरकारी बोकेर बुटवल बजार आईपुग्छिन् । बुटवलका केही गल्लीहरुमा पुगेर तरकारी बेच्नु जमुनाको दैनिकी नै बनेको छ ।
बेलुकी १० बजे नै आफ्नो करेसाबारीबाट सिजन अनुसारको तरकारी जम्मा गर्छिन र विहान ४ बजे नै उनी बुटवल आइपुग्छिन ।...














