मातृभाषा महोत्सवको राष्ट्रपति भण्डारीले उदघाटन गर्नुहुने
गीता चौधरी
काठमाडौं, फागुन ५ गते । अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानले यही फागुन ९ गते राष्ट्रिय मातृभाषा कविता महोत्सव आयोजना गर्ने भएको छ । महोत्सवका लागि ५४ भाषाका कविताहरुको छनौट भएको मातृभाषा विभागका कवितातर्फका संयोजक श्रबण मुकारुङ्ले बताउनुभयो ।
महोत्सवको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुहुने आयोजकले बताएको छ ।...