कैलालीको धनगढीबाट शुरुभयो सिकलसेल रोगको परीक्षणको काम
धनगढी, कात्तिक ३ गते । थारु समुदायमामात्र देखिएको वंशानुगत रोग सिकलसेलको परीक्षण कैलालीको धनगढीस्थित सेती अञ्चल अस्पतालले बुधबारबाट शुरुगरेको छ । पहिलो दिनमा करिब ३५ जना थारुले रोग परीक्षण गराएको अस्पतालले बताएको छ ।
थारु समुदायमा देखिएको वंशानुगत रोग परिक्षण गर्न चाहिने ५० लाखको उपकरणका लागि पश्चिम नेपालका थारु समुदायले धेरैसमय...