थरुहट संघर्ष समितिले शुक्रबार प्रधानमन्त्री निवास बालुवाटार घेर्ने

थरुहट संघर्ष समितिले शुक्रबार प्रधानमन्त्री निवास बालुवाटार घेर्ने
काठमाडौं, साउन १३ गते । यसअघि सरकारसँग भएको सहमति सम्झौता कार्यान्वयन नभएको भन्दै थरुहट थारुवान संयुक्त संघर्ष समितिको आयोजनामा थारु समुदायले शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गर्ने भएको छ । समितिको केन्द्रीय आन्दोलन कमिटीले लालटिन, प्लेकार्ड र व्यानरसहित दिउँसो १२ देखि १ बजेसम्म बालुवाटार घेराउ गर्ने बताएको छ । यसअघि...

माधव नेपालले भने, ‘चरित्रहत्या गर्न खोज्नेहरु कठघरामा उभिनु पर्नेछ’

माधव नेपालले भने, ‘चरित्रहत्या गर्न खोज्नेहरु कठघरामा उभिनु पर्नेछ’
काठमाडौं, साउन १३ गते । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालको नाम जोडेर एक साप्ताहिक पत्रिकामा आएका पार्टी विभाजन गर्ने मनसायको समाचारप्रति उहाँको सचिवालयले खण्डन गरेको छ । नेता नेपालका स्वकीय सचिव मोहन गौतमले विज्ञप्ती प्रकाशित गर्दै भ्रामक तथा कपोलकल्पित समाचारको भ्रममा नपर्न पार्टी कार्यकर्तामा विज्ञप्तीमार्फत आग्रह गरिएको छ ।...

नेपाल प्रहरीको हेडक्वाटरले भन्यो, एमनेष्टिको प्रतिवेदन पूर्वाग्रही छ

नेपाल प्रहरीको हेडक्वाटरले भन्यो, एमनेष्टिको प्रतिवेदन पूर्वाग्रही छ
काठमाडौं, साउन १२ गते । नेपाल प्रहरी हेडक्वाटरले टीकापुर घटनाबारे एम्नेष्टी इन्टरनेशनलको पछिल्लो प्रतिवेदन पूर्वाग्रही भएको बताएको छ । उसले एम्नेष्टिले दाबी गरेजस्तो अभियुक्तहरुलाई यतना नदिइएको बताएको छ । प्रहरीले बुधबार विज्ञप्ति निकालेर एम्नेष्टीको प्रतिवेदन प्रहरीको काम कारबाहीलाई प्रभावित गर्ने मनसायले आएको आरोप लगाएको छ । अदालतमा थुनछेक बहस हुँदा सबुद प्रमाणका...

सातबुँदे सहमति खारेज भए एमाले सरकारमा जान्छः सचिव भट्टराई

सातबुँदे सहमति खारेज भए एमाले सरकारमा जान्छः सचिव भट्टराई
ताप्लेजुङ, साउन १२ गते । नेकपा एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले सरकार गठनका लागि कांग्रेस र माओवादी केन्द्रबीच भएको सातबुँदे सहमति खारेज भए एमाले सरकारमा सहभागी हुने बताउनुभएको छ । गृह जिल्ला ताप्लेजुङ आएका भट्टराईले बुधबार प्रेस चौतारी नेपाल ताप्लेजुङ शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा अहिलेकै अबस्थामा सहमतीय...

टीकापुर घटना आरोपमा पक्राउ परेकालाई सहयोग गर्न आग्रह

टीकापुर घटना आरोपमा पक्राउ परेकालाई सहयोग गर्न आग्रह
काठमाडौं, साउन ११ गते । नेपाल आदिबासीहरुको मानवअधिकार सम्बन्धी वकिल समूह (लाहुर्निप) ले टीकापुर घटनाको आरोपमा पक्राउ परेकाहरुलाई सहयोग गर्न थारु समुदायलाई आग्रह गरेको छ । पक्राउ परेकाहरुको घरपरिवार, जहानबच्चा तथा श्रीसम्पत्तिको विचल्ली भएको भन्दै लाहुर्निपले थारु समुदायसँग त्यस्तो आग्रह गरेको हो । मंगलबार आफ्नै कार्यालयमा थारु समुदायका अगुवाहरुसँग छलफल गर्दै...

सांसद चौधरीले पूर्व सभामुख नेम्वाङलाई ‘ग्याङ्का नाइके’ भनेपछि

सांसद चौधरीले पूर्व सभामुख नेम्वाङलाई ‘ग्याङ्का नाइके’ भनेपछि
काठमाडौं, साउन ११ गते । नेपाली कांग्रेसका सांसद सुरेन्द्र चौधरीले पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ्लाई ‘मुलुकी ऐन अध्ययन गरेका ग्याङ्का नाइके’ भनेर आरोप लगाउँदा एमाले सांसदहरुले कडा आपत्ति जनाउनुभयो । व्यवस्थापिका संसदको बैठकमा बाधा अडकाउ फुकाउ प्रस्तावको छलफलमा मंगलबार भागलिंदै सांसद चौधरीले त्यस्तो आरोप लगाउनु भयो । आरोप लगाउने वित्तिकै एमाले सांसदहरुले...

राष्ट्रपतिबाट सरकार गठनको आव्हान, को को हुँदैछ थारुबाट मन्त्री ?

राष्ट्रपतिबाट सरकार गठनको आव्हान, को को हुँदैछ थारुबाट मन्त्री ?
काठमाडौं, साउन १० गते । राष्ट्रपति विद्यादेवी भण्डारीले एक हप्ताको समय दिएर सहमतीय सरकार गठनको सोमबार आव्हान गर्नुभएको छ । संविधानको धारा २९८ को उपधारा २ बमोजिम उहाँले नयाँ मन्त्रीपरिषद गठनको आव्हान गर्नुभएको हो । नेपाली कांग्रेस र माओवादी केन्द्रबीच भएको सातबुँदे सहमतिअनुसार बहुमतीय सरकार गठन हुने निश्चितप्राय छ । दोस्रो...

जाँदाजाँदै ओलीले आउने सरकारलाई गरे प्रश्न ? (पूर्ण पाठसहित)

जाँदाजाँदै ओलीले आउने सरकारलाई गरे प्रश्न ? (पूर्ण पाठसहित)
काठमाडौ, साउन १० गते । प्रधानमन्त्री पदबाट राजीनामा दिइसकेपछि व्यवस्थापिका संसदमा सम्बोधन गर्दै केपी शर्मा ओलीले वर्षौदेखि अलपत्र तराईको हुलाकी राजमार्गलाई फेरि पुरानै नियतिमा फर्काउनु हुन्छ कि ? भनेर जिज्ञासा गर्नुभयो । त्यस्तै, नयाँ बन्ने सरकारलाई आफूले अगाडि सारेको विकास निर्माण तथा नयाँ कामलाई पूरा गर्ने या नगर्ने विषयमा जिज्ञासा राख्नुभयो...

प्रधानमन्त्री ओलीबाट राजीनामा, अर्को सरकार गठनको बाटो खुल्यो

प्रधानमन्त्री ओलीबाट राजीनामा, अर्को सरकार गठनको बाटो खुल्यो
लक्की चौधरी काठमाडौं, साउन ९ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्री पदबाट राजिनामा गरिसकेको संसद बैठकलाई जानकरी गराउनुभएको छ । उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आइतबार नै राजीनामा दिइसकेको संसद बैठकलाई जानकारी गराउनुभयो । व्यवस्थापिका संसदमा सरकार विरुद्धको अविश्वासको प्रस्तावमा उठेको प्रश्नको आइतबार जवाफ दिनेक्रममा प्रधानमन्त्री ओलीले त्यस्तो बताउनुभयो । मन्त्रिपरिषद...

अविश्वासको प्रस्तावमाथिको छलफल सकियो, आजै मतदान हुने

अविश्वासको प्रस्तावमाथिको छलफल सकियो, आजै मतदान हुने
काठमाडौं, साउन ९ गते । व्यवस्थापिका–संसद्को बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध परेको अश्विास प्रस्तावमाथिको छलफल आज सकिएको छ । पाँचबजे प्रधानमन्त्री ओलीले जवाफ दिने कार्यक्रम छ । उहाँको जवाफ लगत्तै अविश्वासको प्रस्तावलाई निर्णयार्थ पेश हुनेछ । अविश्वास प्रस्तावमाथि गत शुक्रबारदेखि तीन दिनसम्म संसद्मा छलफल चलेको थियो । सभामुख ओनसरी घर्तीले...