तेस्रो महिला थारु ‘वर्षा लेखी’ मिस नेपाल २०१६ मा भिड्दै

तेस्रो महिला थारु ‘वर्षा लेखी’ मिस नेपाल २०१६ मा भिड्दै
काठमाडौं, चैत ११ गते । फत्तेपुर ९, गंगाजलीकी २२ वर्षिया वर्षा लेखी मिस नेपाल २०१६ का लागि थारु महिलाको तर्फबाट प्रतियोगितामा भिड्दै छिन् । १९ जनाको बीचमा उनी आफूलाई अब्बल सावित गर्ने कसरतमा रहेको बताउँछिन् । यसभन्दा अघि शिवानी सिंह थारु र निस्मा चौधरीले मिस नेपाल प्रतियोगितामा भाग लिइसकेको भएपनि थारु...

मन्त्रालयले भन्छ ‘हलियाको पुनस्र्थापना अन्यौलमै छ’

मन्त्रालयले भन्छ ‘हलियाको पुनस्र्थापना अन्यौलमै छ’
लक्की चौधरी काठमाडौं, चैत १० गते । सुदूरपश्चिम र मध्यपश्चिमका १२ जिल्लामा रहेका १९ हजार मुक्त हलियाको पुनस्र्थापना गर्न करिब तीन दर्जन वर्ष लाग्ने अनुमान भूमिसुधार मन्त्रालयको छ । सात वर्षअघि ०६५ भाद्र २१ गते मुक्त घोषणा भएका हलियाको पुनस्र्थापनाको अहिलेको प्रकृतिको आँकलन गर्दा पुनस्र्थापनामा त्यस्तो समय लाग्ने अनुमान गरिएको हो ।...

काठमाडौंमा बस्ने थारुले मंगलबार नै होली मनाए

काठमाडौंमा बस्ने थारुले मंगलबार नै होली मनाए
काठमाडौं, चैत ९ गते । पहाडी जिल्लामा मंगलबार देशभर होलीपर्व भव्यताकासाथ मनाउने भएपनि तराईमा बुधबार मात्रै होलीपर्व मनाइने भएको छ । तर उपत्यकामा बासोबास गर्ने थारु समुदायले मंगलबार नै धुमधामकासाथ होली मनाएका छन् । थारु कल्याणकारिणीसभा उपत्यका समितिको आयोजनामा मंगलबार ललितपुरको टीकाथलीमा आपसमा अविर, रंग दलेर रमाइलोगरी सामुहिकरुपमा होलीपर्व मनाइएको छ...

रानाथारु र कठरिया समुदायमा होलीको रौनक शुरु

रानाथारु र कठरिया समुदायमा होलीको रौनक शुरु
अविनाश चौधरी धनगढी, चैत ९ गते । पश्चिम तराईबासी रानाथारु र कठरिया थारु समुदायमा होली पर्वको रौनक बढेको छ । एक महिनासम्म होलीपर्व मनाउने दुवै समुदायमा नाचगानसहित यो पर्व मनाइदैंछ । कैलाली, कञ्चनपुरमा बसोबास गर्ने राना र कठरिया थारु समुदायले होलीपर्व आउनु अगाडिदेखि नै होली मनाउने गर्दछन् । यो दुवै समुदायको सबैभन्दा...

पहाडमा आज धुमधाम होली, तराईमा भोली मनाइने

पहाडमा आज धुमधाम होली, तराईमा भोली मनाइने
काठमाडौं, चैत ९ गते । आज फागूपूर्णिमाको दिन पहाडी भेगमा होली खेलेर हर्षोल्लासका साथ मनाइँदैछ। काठमाडौसहित पहाडी क्षेत्रभन्दा एक दिन पछिमात्रै तराईमा होली भव्यताका साथ मनाइने गरिएको छ। तराईमा भोलिमात्रै होली मनाइन्छ। फागुन शुक्ल पूर्णिमाका दिन प्रत्येक वर्ष मनाइने रङहरुको चाड फागुपूर्णिमा विभिन्न प्रकारका रङ प्रयोग गरी एक–अर्कालाई रंग दलेर मनाउने...

बेलायती राजकुमार ह्यारी वर्दियाको थारु गाउँमा

बेलायती राजकुमार ह्यारी वर्दियाको थारु गाउँमा
वर्दिया, चैत ८ गते । बर्दियाको डल्लास्थित होमस्टेमा बेलायतको राजकुमार ह्यारी आएर बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकन भम्रण गर्नुभएको छ । ह्यारी बर्दियाको निकुञ्जमा ९ बजेर २० मिनेटमा अवलोकनको क्रममा गैडा, हात्तीको अवलोकन तथा र्‍याफ्टिङ गर्नुभएको थियो । अवलोकनको क्रममा उहाँले बाघको संख्या बढ्यो भने बाघहरूको लडाई हुने होकी चिन्ता व्यक्त गर्नुभउको थियो...

कार्यबाहक प्रधानमन्त्रीमा पुनः विजयकुमार गच्छदार

कार्यबाहक प्रधानमन्त्रीमा पुनः विजयकुमार गच्छदार
काठमाडौं, चैत ७ गते । प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी चीन भ्रमणमा आइतबार प्रस्थान गर्नुभएपछि देशको कार्यबाहक प्रधानमन्त्रीकोरुपमा पुनः विजकुमार गच्छदार तोकिनुभएको छ । यसअघि भारत भ्रमणको बेलामा पनि उहाँ छ दिनकालागि कार्यबाहक प्रधानमन्त्री हुनुभएको थियो । उपप्रधान तथा भौतिक पूर्वाधार एवं यातायात मन्त्रीको जिम्मेवारीमा रहनुभएका गच्छदारलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको...

दलबलसहित प्रधानमन्त्री ओली चीन भ्रमणका लागि प्रस्थान

दलबलसहित प्रधानमन्त्री ओली चीन भ्रमणका लागि प्रस्थान
काठमाडौँ, चैत ७ गते । प्रधानमन्त्री केपी शर्मा ओली जनगणतन्त्र चीनका प्रधानमन्त्री ली खछयाङको निमन्त्रणामा आज बिहान त्यसतर्फ प्रस्थान गर्नुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिले बिदाइ गर्नुभएको थियो । प्रधानमन्त्रीका साथ उहाँकी धर्मपत्नी राधिका...

अब गा.वि.स. सचिवलाई मोटरसाईकल चढ्ने सुविधा

अब गा.वि.स. सचिवलाई मोटरसाईकल चढ्ने सुविधा
काठमाडौं, चैत ५ गते । मोटरबाटो पुगेका गाविसका सचिवले अब मोटर साईकल चढ्न पाउने भएका छन् । गाविस सचिवले धेरै काम गर्नुपर्ने भएकाले उनीहरुलाई यातायातको सुविधा दिन लागेको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता सहसचिव पूर्णचन्द्र भट्टराईका अनुसार मोटरबाटो पुगेको गा.वि.स. सचिवलाई २ लाख ५० हजारसम्म मोटर...

निजी कम्पनीको इन्धन आपूर्ति अनुमति रद्द

निजी कम्पनीको इन्धन आपूर्ति अनुमति रद्द
काठमाडौं, चैत ४ गते । इन्धन आपूर्ति तथा ढुवानीमा कालोबजारी भएको समाचार व्यापकरुपमा आएपछि सरकारले नेपाल आयल निगम बाहेक अन्य निजी पेट्रोलियम आयात कम्पनी कसैलाई पनि इन्धन आपूर्ति गर्न नदिने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहिबार बसेको मन्त्रीपरिषदको बैठकले त्यस्तो निर्णयगर्दै आयल निगमलाई मात्र इन्धन आपूर्ति गर्न दिने...