थारु कल्याणकारिणीसभाले चारवटा विभाग गठन ग¥यो

थारु कल्याणकारिणीसभाले चारवटा विभाग गठन ग¥यो
काठमाडौं, फागुन २७ गते । थारु समुदायको छाता संगठन थारु कल्याणकारिणीसभाले आन्तरिक कार्य सञ्चालनलाई चुस्त र प्रभावकारी बनाउन चारवटा थप विभाग गठन गरी संयोजक तोकेको छ । सभाको सचिवालय बैठकले केन्द्रीय प्रशिक्षण विभाग, सहकारी विभाग, निर्वाचन विभाग र संगठन विभाग गठन गरेको हो । सो विभागको संयोजकमा क्रमशः राजकुमार लेखी, योशादा...

प्रहरीले भन्छ, अनैतिक कामले थारुको ज्यान गयो

प्रहरीले भन्छ, अनैतिक कामले थारुको ज्यान गयो
बुटवल, फागुन २६ गते । अनैतिक काम गरेको आरोपमा कुटाइ खाँदा रामप्रसाद थारुको ज्यान गएको बुटवल प्रहरीले बताएको छ । रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ५ सदबदराका रामप्रसाद थारुको अनैतिक सम्बन्धका कारण हत्या भएको प्रहरी अनुसन्धानमा खुलेको बताइएको छ । विवाह तथा विभिन्न कार्यक्रमहरुमा महिलाको भेषमा नाच्दै हिँड्ने थारुको यही फागुन...

सिमांकन मिलाएर तराई मधेसको समस्या समाधान हुन्छः देउवा

सिमांकन मिलाएर तराई मधेसको समस्या समाधान हुन्छः देउवा
काठमाडौँ, फागुन २५ गते । नेपाली काँग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले सिमांकन परिमार्जन गरेर तराई मधेसको समस्या समाधान गरिने बताउनुभएको छ । सभापति देउवाले निर्वाचित भएपछि पत्रकारहरुसँग कुरा गर्दै त्यस्तो बताउनुभयो । आफू निर्वाचनमा विजयी हुनुलाई जितभन्दा पनि जिम्मेवारी थपिएको बताउनुभएको छ । पार्टीका साथीहरुले यसपालि आफूलाई जिम्मेवारी दिएको बताउँदै भन्नुभयो, “पार्टीलाई...

झुठामुद्दा लगाइएकाहरुलाई क्षतिपूर्तिसहित रिहाईः गच्छदार

झुठामुद्दा लगाइएकाहरुलाई क्षतिपूर्तिसहित रिहाईः गच्छदार
अविनाश चौधरी धनगढी, फागुन २४ गते । उपप्रधान एवम् भौतिक योजना तथा निर्माण मन्त्री विजयकुमार गच्छदारले टीकापुर घटनामा दोसी आरोप लगाई जेल सजाय पाइरहेका निर्दोषहरुलाई क्षतिपूर्तिसहित रिहाई गरिने बताउनुभएको छ । टीकापुर घटनामा पक्राउ परेकाहरुलाई भेट्न धनगढीको कारागारमा पुग्नुभएका मन्त्री गच्छदारले त्यस्तो बताउनुभयो । त्यसको प्रक्रिया शुरु भइसकेको उहाँको भनाई छ ।...

कांग्रेस महाधिवेशनको देउवा र पौडेल प्यानलको नाम सार्वजनिक

कांग्रेस महाधिवेशनको देउवा र पौडेल प्यानलको नाम सार्वजनिक
काठमाडौं, फागुन २३ गते । आइतबार विहान ८ बजेर ४५ मिनेटमा शुरुभएको कांग्रेसको मतदान सँगै वरिष्ठ नेता शेरबहादुर देउवा र रामचन्द्र पौडेलको प्यानलको नाम सार्वजनिक भएको छ । तीनै उम्मेदवारले आफ्नो जित सुुनिश्चित् भएको बताएका छन् । तर सिटौलाको प्यानल सार्वजनिक भएको छैन । मतदान शुरुभएपछि देउवा मतदान गर्नेमा पहिलो उम्मेदवार...

कांग्रेस महाधिवेशनमा नौजना थारु उम्मेदवार मैदानमा

कांग्रेस महाधिवेशनमा नौजना थारु उम्मेदवार मैदानमा
लक्की चौधरी काठमाडौं, फागुन २२ गते । काठमाडौंमा भइरहेको नेपाली कांग्रेसको १३ औं केन्द्रीय महाधिवेशनमा पदाधिकारीदेखि सदस्यसम्म नौजना थारुले उम्मेदवारी दिएका छन् । तर संविधानमा भएको व्यवस्थाअनुसार थारुकोटा भने छुट्याइएको छैन । आदिबासी जनजाति, मधेसी, मुश्लिम, महिला, दलित कोटा छुट्याएर प्रतिस्पर्धा गराइएको भएपनि थारु कोटा छुट्याइएको छैन । नयाँ संविधान २०७२ अनुसार...

टीकापुर घट्नाको म योजनाकार होइनः रेशम चौधरी

टीकापुर घट्नाको म योजनाकार होइनः रेशम चौधरी
काठमाडौं, फागुन २१ गते । सद्भावना पार्टीका केन्द्रीय उपाध्यक्ष तथा थरुहट थारुवान संयुक्त संघर्ष समितिका कैलाली इन्चार्ज रेशम चौधरीले आफू भाद्र ७ गतेको टीकापुर घटनाको योजनाकार नरहेको बताउनुभएको छ । घट्ना घटेको आफूलाई निकैपछि मात्र जानकारी भएको बताउँदै कलाकार समेत रहनुभएका चौधरीले टीकापुर घटनामा मलाई दोसी देखाउनु गलत हो भन्नुभयो ।...

एस.एल.सी.को तयारी पूरा, सवा छलाख विद्यार्थी सहभागी हुँदै

एस.एल.सी.को तयारी पूरा, सवा छलाख विद्यार्थी सहभागी हुँदै
भक्तपुर, फागुन २१ गते । चैत १८ देखि हुने यस वर्षको प्रवेशिका अर्थात् एसएलसी परीक्षाको तयारी पूरा भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले एसएलसी परीक्षाको तयारी पूरा भएको बताउनुभयो । जनक शिक्षा सामग्री केन्द्रमा गोप्यरुपमा एसएलसीको प्रश्नपत्र छपाइसमेत बिहीबारबाट सकिएको बताउँदै उहाँले प्रश्नपत्रसमेत जिल्ला पठाएको बताउनुभयो...

गोरखापत्र संस्थानलाई सूचना संग्रहालयकोरुपमा स्थापित गरिने

गोरखापत्र संस्थानलाई सूचना संग्रहालयकोरुपमा स्थापित गरिने
काठमाडौं, फागुन २० गते । सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले गोरखापत्र संस्थानलाई सूचना संग्रहालयकोरुपमा स्थापित गर्ने तयारी भइरहेको बताउनुभएको छ । गोरखापत्र दैनिक नयाँ नेपालको तीन दिने पृष्ठ सशक्तिकरण प्रशिक्षण कार्यक्रमको विहिबार यहाँ समापन गर्नुहुँदै सचिव थपलियाले त्यस्तो बताउनुभयो । “मैले गोरखापत्र पत्रिका पढेरै शाखा अधिकृतमा नाम निकालेको हुँ,...

मधेसको समस्या नेपालको आन्तरिक विषय होः नितिसकुमार

मधेसको समस्या नेपालको आन्तरिक विषय होः नितिसकुमार
काठमाडौ, फागुन २० गते । भारतको विहार राज्यका मुख्यमन्त्री नितिशकुमारले मधेसको विषय नेपालको आन्तरिक मामिला भएकाले नेपालबाटै त्यसको सम्बोधन गरिनुपर्ने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले विहीबार आयोजना गरेको साक्षात्कारमा उहाँले पहाडी, मधेसी र जनजाति सबै नेपाली हुन्, यहाँका नेताहरु सबैको समस्या सम्बोधन गर्न सक्षम हुनुपर्छ भन्नुभयो । भारत केवल नेपालको...