तराई मधेसको समस्या मुलुकको समस्या होः प्रधानमन्त्री ओली
काठमाडौँ, फागुन २८ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेसमा देखिएको समस्या मुलुकको समस्या भएकाले सबैको प्रयासमा समाधान हुने बताउनुभएको छ ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको शुक्रबार बालुवाटारमा मागपत्र बुझ्दै प्रधानमन्त्री ओलीले त्यस्तो बताउनुभयो । मधेसी मोर्चाको माग सम्बोधनका लागि सरकार गम्भीर रहेको उहाँले बताउनुभयो ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार मोर्चाले...














