विज्ञहरु भन्नुहुन्छ, ‘प्रधानमन्त्रीको भ्रमण उपलब्धीमूलक देखियो’
काठमाडौं, फागुन १० गते । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणलाई उपलब्धीपूर्ण तथा दुई देशबीच पछिल्लो पटक देखिएको केही असमझदारी अन्त्य गर्नेगरी केन्द्रीत भएको विज्ञहरुको बुझाई छ ।
प्रधानमन्त्रीको फागुन ७ देखि १२ गतेसम्म हुने भारत भ्रमणमा विभिन्न सातवटा विषयमा शनिबार दुईदेशबीच सहमति भएपनि त्यो भन्दा महत्वपूर्ण विषय नेपाल भारतबीचको आपसी...













