फोरम नेपालका पाँच केन्द्रीय सदस्यसहित चालिसले पार्टी त्यागे
काठमाडौ, फागुन ५ गते । संघीय समाजवादी फोरम नेपालका पाँच केन्द्रीय सदस्यसहित ४० जनाहरुले पार्टी परित्यागको घोषणा गरेका छन ।
पत्रकार सम्मेलन गरेर बुधबार ती नेताहरुले पार्टीको साधारण सदस्य समेत नरहने गरी परित्यागको घोषणा गरेका हुन् ।
पार्टी परित्यागको घोषणा गर्नेहरुमा हालका केन्द्रीय सदस्यहरु रिजवान अन्सारी, बीरबहादुर लामा, नोर्साङ शेर्पा, राजकुमार यादव...













