ब्यानर समाचार
थारू हस्तकला प्रवर्धन गर्न तीन दिने बृजा ताल महोत्सव आयोजना
हमार पहुरा डट कम
कपिलवस्तु, वैशाख १ गते । कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा थारु संस्कृति प्रवर्धन गर्ने उद्देश्यले बृजा ताल थारु खाना महोत्सव आयोजना गरिएको छ । शनिवारदेखि नगरपालिकाको वडा ९ बक्लीपुरमा रहेको पर्यटनउन्मुख क्षेत्र बृजा तालसँगै थारु हस्तकला, संस्कृति र खानाको प्रचार प्रसार गर्ने उद्देश्यले महोत्सव सञ्चालन गरिएको हो ।
महोत्सवको उद्घाटन...
देउथान (ग्रामथान) संरक्षणमा बजेट विनियोजन गर्न सांसद चौधरीको माग
हमार पहुरा डट कम
काठमाडौं, चैत १९ गते । प्रतिनिधिसभाका सांसद तथा रास्वपाका नेता अशोककुमार चौधरीले थारु समुदायको देउथान (ग्रामथान), डिउहार तथा बसघराको संरक्षण प्रवर्धनका लागि आवश्यक बजेट विनियोजन गर्न माग गर्नुभएको छ ।
आज संसद बैठकको शुन्य समयमा बोल्नुहुँदै उहाँले थारु समुदायको पहिचान झल्काउने यी मूर्त तथा अमूर्त संस्कृतिको प्रवर्धनका लागि...
मधेस सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयको जिम्मा लेखीलाई
हमार पहुरा डट कम
जनकपुरधाम, चैत १० गते । नेकपा (एमाले) मधेश प्रदेश सरकारमा सहभागी भएको छ । सो सरकारको गृह, सञ्चार तथा कानुनमन्त्रीको जिम्मेवारीमा राजकुमार लेखी आउनुभएको छ ।
पद तथा गोपनीयताको सपथलगत्तै शनिबार पदभार ग्रहण गर्नेक्रममा उहाँले मधेसको शान्ति सुरक्षा तथा अभिव्यक्ति स्वतन्त्रतामा धयान दिने बताउनुभयो । उहाँले नागरिकको सुरक्षा,...
रामपुरको बेहडाबाबा मन्दिरमा आकाशबाट पहिलो पटक पुष्प वर्षा
हमार पहुरा डट कम
धनगढी, फागुन २५ गते । कैलालीको धनगढी उपमहानगरपालिका –१६ रामपुरमा रहेको प्रसिद्ध बेहडाबाबा मन्दिरमा आज आकाशबाट पुष्प वर्षा गरिएको छ । शिवरात्रीको अवसरमा हेलिकोप्टर प्रयोग गरेर आकाशबाट पुष्प वर्षा गरिएको हो ।
बहेडाबाबाप्रति श्रद्धालुहरुको आकर्षण अझ बढाउन एवम् प्रचार–प्रसार गर्ने उद्देश्यका साथ हेलिकोप्टरको प्रयोग गरेर आकाशबाट फूल वर्षा...
थारु समुदायबाट एक्लो संघीय मन्त्री भगवती चौधरी, जिम्मेवारी महिलामन्त्री
हमार पहुरा डट कम
काठमाडौं, फागुन २४ गते । नेकपा (एमाले) का केन्द्रीय कमिटी सदस्य भगवती चौधरी प्रचण्ड नेतृत्वको सरकारमा थारु समुदायबाट एक्लो संघीयमन्त्री बन्न सफल हुनुभएको छ । एमालेबाट महिला र थारु समुदायको प्रतिनिधित्व गरी उहाँ जिम्मेवारीमा आउनुभएको हो । उहाँले बुधबार (फागुन २३) गते पद तथा गोपनीयताको शपथ ग्रहण...
थाकसको महाधिवेशनको तयारी तिव्र, आउने असोज ५ मा सुरु हुने
हमार पहुरा डट कम
काठमाडौं, फागुन २४ गते । थारु समुदायको छाता संगठन थारु कल्याणकारिणी सभा (थाकस) को केन्द्रीय महाधिवेशनको मिति तय भएको छ । अवको ६ महिनापछि २०८१ असोज ५ गतेदेखि महाधिवेशन गर्ने थाकसले निर्णय गरेको छ ।
थाकसका महामन्त्री प्रेमीलालप्रसाद चौधरीका अनुसार २३ औं महाधिवेशन असोज ५ देखि ७ गतेसम्म...
बेहडाबाबा मन्दिरमा दुई करोड पच्चीस लाख थान दीप प्रज्ज्वलित गरिंदै
हमार पहुरा डट कम
धनगढी, फागुन १२ गते । कैलालीको प्रसिद्ध धार्मिक स्थल बेहडाबाबा (शिवजी) को मन्दिरमा दुई करोड २५ लाख थान दीप प्रज्ज्वलित गरिने भएको छ ।
फागुन २५ गते महाशिवरात्रीको दिन सो दीप प्रज्ज्वलित गरिने बेहडाबाबा फाउण्डेशनले जनाएको छ । आज यहाँ पत्रकार सम्मेलन गरी संस्थाले सो जानकारी दिएको हो...
लुम्बिनी प्रदेश लोकसेवाको विज्ञापन सच्याउन आयोगका पदाधिकारीको माग
हमार पहुरा डट कम
काठमाडौं, फागुन ९ गते । लुम्बिनी प्रदेश लोकसेवा आयोगबाट गत माघ २६ र फागुन ३ गते प्रकाशित भएको विज्ञापन समानुपातिक समावेसी सिद्धान्तको प्रतिकुल भएकाले त्यसलाई रद्द गरी प्रक्रिया पूरा गरी पुनः विज्ञापन आव्हान गर्न संवैधानिक आयोगका पदाधिकारीहरुले संयुक्त रुपमा माग गर्नुभएको छ ।
संवैधानिक आयोगका पदाधिकारीहरुले आज संयुक्त...
दुध उत्पादक कृषकको माग सम्बोधन गर्न सांसद चौधरीको आग्रह
हमार पहुरा डट कम
काठमाडौं, फागुन ८ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य अशोककुमार चौधरीले दुध उत्पादक कृषकको समस्या समाधान गर्न संसदीय समितिमार्फत सरकारसँग माग गर्नुभएको छ ।
प्रतिनिधिसभा अन्तर्गत रहेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापतिसमक्ष पाँचबुँदे मागसहित पहलका लागि आज उहाँले आग्रह गर्नुभएको...














