जनयुद्ध लडेकाहरु कोही भए मालामाल, यता चौधरीको छ बेहाल
धनवीर महतो
महोत्तरी, मङ्सिर २० गते। चौध वर्षअघि महोत्तरीको फुलकाहा–८ का ४९ वर्षीय हरिनारायण चौधरी खुब परिवर्तनका कुरा गर्थे । देशमा जनताको शासन ल्याउनुपर्छ भन्थे । बन्दुक बोकेर परिवर्तनका लागि दशवर्ष जनयुद्ध लडे । देशमा राजतन्त्र फेरिएर गणतन्त्र आयो । तर जनयुद्ध लडेका घाइते भई अपाङ्ग भएका हरिनारायणको कथाव्यथा सुन्ने कोही भएन ।
नेताहरू देशमा गणतन्त्र ल्याएर जनयुद्धका...













