प्रधानमन्त्रीले मधेसी मोर्चालाई भने, ‘प्रस्तावमा सहमति जनाइदिनुस्’

प्रधानमन्त्रीले मधेसी मोर्चालाई भने, ‘प्रस्तावमा सहमति जनाइदिनुस्’
काठमाडौं, मंसिर १६ गते । संविधान संशोधन विधेयकलाई समर्थन गर्दै चुनावमा जान सरकारले राखेको प्रस्तावलाई संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले ठाडै अस्वीकार गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहमति जनाइदिन आग्रह गरेका छन् । मधेसी मोर्चाको माग सम्बोधन गर्न भन्दै सरकारले सीमांकन हेरफेरसहित संशोधन विधेयक संसदमा दर्ता गरेको छ । तर, मधेसी मोर्चाले...

थारु बडघर प्रथा संरक्षण र पहिचान हुनुपर्ने थारु अगुवाहरुको माग

थारु बडघर प्रथा संरक्षण र पहिचान हुनुपर्ने थारु अगुवाहरुको माग
  बर्दिया, मङ्सिर १६ गते । थारु गाउँघरमा रहेको वडघर प्रथा संरक्षण र पहिचान हुनुपर्ने माग थारु अगुवाहरुको छ । संविधानमै प्रथाजनित कानून अन्तर्गत त्यसलाई समेट्न माग उहाँहरुको छ । बर्दियाको गुलरियामा कमैया महिला जागरण समाज नेपालले बुधबार आयोजना गरेको ‘दिगो स्थानीय विकासमा थारू प्रथाजनित सङ्गठनको भूमिकाः सम्भावना र चुनौती’ विषयक एक...

मोर्चाले भन्यो, ‘सरकारी संशोधन प्रस्ताव मधेसी–थारुको पक्षमा छैन’

मोर्चाले भन्यो, ‘सरकारी संशोधन प्रस्ताव मधेसी–थारुको पक्षमा छैन’
काठमाडौं, मंसिर १६ गते । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारले मंगलबार पेश गरेको संविधान संशोधन प्रस्ताव मधेसी र थारुको हितमा नरहेकाले त्यसलाई अस्वीकार गर्ने निर्णय गरेको छ। तराई–मधेस लोकतान्त्रिक पार्टीको कार्यालयमा बसेको मोर्चाको बैठकले यथास्थितिमा विधेयकलाई स्वीकार्न नसकिने निर्णय गरेको हो। मोर्चाले सरकारले आफूहरूसँग छलफल नै नगरी दर्ता गराएको विधेयकले मधेसी, आदिवासी,...

सरकारी संशोधन प्रस्तावलाई थारु समुदायले समर्थन नगर्ने घोषणा

सरकारी संशोधन प्रस्तावलाई थारु समुदायले समर्थन नगर्ने घोषणा
काठमाडौं, मंसिर १५ गते । सरकारले ल्याएको संशोधन प्रस्तावले आदिबासी थारु समुदायको माग मुद्दा सम्बोधन नगरेको भन्दै थारु समुदायसँग सम्बन्धित राजनीतिक दलका नेताहरुले त्यसलाई अस्वीकार गर्ने उद्घोष गरेका छन् । संशोधन प्रस्ताव ल्याउनुअघि थारु समुदायसँग छलफल समेत नगरेर एकलौटी हिसावले नश्लीय प्रस्ताव ल्याएको आरोप ती दलका नेताहरुको आरोप छ । थरुहट...

संशोधन प्रस्ताव विरुद्ध एमालेले सदन, सडक र कानूनी लडाई लड्ने

संशोधन प्रस्ताव विरुद्ध एमालेले सदन, सडक र कानूनी लडाई लड्ने
लक्की चौधरी काठमाडौं, मंसिर १५ गते । सरकारले देश र जनताको अहित हुनेगरी संविधानको संशोधन प्रस्ताव ल्याएको भन्दै नेकपा (एमाले) ले विहिबारबाट बस्ने व्यवस्थापिका संसद बैठक अवरुद्ध गर्ने निर्णय गरेको छ । सिंहदरवारस्थित एमाले संसदीय दलको कार्यालयमा बसेको एमाले संसदीय दलको बैठकले त्यस्तो निर्णय गरेको हो । देशलाई सहमति र सहकार्यमा लगेर...

भारतको इसारामा सरकारले संशोधन प्रस्ताव ल्यायोः विजुक्छे

भारतको इसारामा सरकारले संशोधन प्रस्ताव ल्यायोः विजुक्छे
भक्तपुर, मङ्सिर १५ गते । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले भारतको इसारामा संविधान संशोधन प्रस्ताव ल्याएको आरोप लगाउनुभएको छ ।  उहाँले संशोधन प्रस्तावको विरोध गर्दै प्रस्तावको विपक्षमा उभिन सबै राजनीतिक दललाई आह्वान समेत गर्नुभएको छ । नेमकिपाका अध्यक्ष बिजुक्छेको अध्यक्षतामा आज बसेको केन्द्रीय सचिवालयको...

संशोधन प्रस्ताव दर्ता, प्रस्तावबारे सत्तापक्ष र प्रतिपक्षमा कडा विरोध

संशोधन प्रस्ताव दर्ता, प्रस्तावबारे सत्तापक्ष र प्रतिपक्षमा कडा विरोध
काठमाडौं, मंसिर १५ गते । मन्त्रिपरिषद् बैठकले मंगलबार संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गरेपछि सत्तापक्ष र प्रतिपक्षी दुवैतिर प्रस्तावको कडा विरोध शुरुभएको छ । संशोधन प्रस्ताव असफल पार्नतिर असन्तुष्टको ध्यान केन्द्रित देखिएको छ । मन्त्रिपरिषद्को बैठकले मंगलबार साँझ प्रस्ताव पारित गरेपछि साँझ नै सरकारले संसद सचिवालयमा प्रस्ताव दर्ता गराएको थियो ।...

कैलाली र कञ्चनपुरलाई अलग्याएर प्रदेश स्वीकार गर्दैनौंः थारु अगुवा

कैलाली र कञ्चनपुरलाई अलग्याएर प्रदेश स्वीकार गर्दैनौंः थारु अगुवा
कैलाली, मंसिर १४ गते । सरकारले परासीदेखि वर्दियासम्मको पाँच नम्बर प्रदेश बनाउने गरी संविधान संशोधनको प्रस्ताव ल्याए त्यसलाई अस्वीकार गर्ने कैलालीका थारु अगुवाले बताएका छन् । परासीदेखि कञ्चनपुरसम्मको तराई प्रदेशलाई एउटै प्रदेश बनाउन माग थारु अगुवाहरुको छ । कैलालीस्थित जिल्ला प्रशासन कार्यालयमा मंगलबार सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीलाई मागसहितको ज्ञापनपत्र...

सरकारी ब्ल्यांक चेकमा हस्ताक्षर गर्दैनौंः संघीय गठबन्धन

सरकारी ब्ल्यांक चेकमा हस्ताक्षर गर्दैनौंः संघीय गठबन्धन
काठमाडौं, मंसिर १३ गते । मधेसी मोर्चासहितको संघीय गठवन्धनले सरकारले भनेजस्तो दर्ता हुनु अघि नै संविधान संशोधन प्रस्तावको समर्थन गर्न नसकिने बताएको छ । केही दिन पर्खने, संशोधन दर्ता नभए आन्दोलनमा जाने चेतावनी गठबन्धनको छ । संघीय समाजवादी फोरम नेपालको कार्यालयमा सोमबार बसेको गठवन्धनको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गरेको छ...

राष्ट्रिय मुद्दा सम्बोधन गर्नेगरी संविधान संशोधन प्रस्ताव ल्याउन माग

राष्ट्रिय मुद्दा सम्बोधन गर्नेगरी संविधान संशोधन प्रस्ताव ल्याउन माग
काठमाडौं, मंसिर १३ गते । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई र संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले नयाँ संविधान संशोधनको प्रस्ताव ल्याउँदा राष्ट्रिय मुद्दालाई समेट्न सरकारसँग आग्रह गर्नुभएको छ । दुवै दलको तर्फबाट सोमबार संयुक्त विज्ञप्ती जारी गर्दै उहाँहरुले त्यस्तो माग र्नुभएको हो । संशोधन प्रस्ताव ल्याउँदा...