भूकम्पपीडितका लागि सामुहिक आवास निर्माणको काम धमाधम हुँदै
लक्की चौधरी
मन्थली (रामेछाप) असार २६ गते । गतसालको विनासकारी भूकम्पको मारले घरबारविहिन बनेका नागरिकहरुलाई छानामुनि ल्याउने अभियानस्वरुप सरकारले शुरुगरेको सामुहिक आवास निर्माणको कामले गति लिएको छ । असार मसान्तभित्र सो भवन निर्माण सक्ने सरकारी तयारी छ ।
असार १ देखि मसान्तसम्म त्यस्तो भवनको निर्माण कार्य सक्ने लक्ष्यकासाथ काम शुरु गरिएको थियो...














